News राजनीति

काग्रेसको महाधिवेशन उद्घाटन, केपी ओली पनि उपस्थित

काग्रेसको महाधिवेशन उद्घाटन, केपी ओली पनि उपस्थित

नेपाली काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । 

पार्टीका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको आधिकारीक एपको पनि स्विच थिचेर उद्घाटन गरे। राजधानीको भृकुटीमण्डपमा हजारौँ नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकको उपस्थिति छ।

समारोहमा काँग्रेसका शीर्ष नेताहरु, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका साथै विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको छ । उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विदेशी पाहुना समेतको उपस्थिति रहेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

काँग्रेसको महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शनिबारदेखि सुरु हुनेछ । यस्तै मतदान आइतबार हुनेछ । काँग्रेसको सभापतिमा हालसम्म शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने रामचन्द्र पौडेल पक्षले भने उम्मेदवारको टुंगो लगाइसकेको छैन । 
 

नेपाली काँग्रेस

विशेष