News राजनीति

तराई मधेशको नाराः देउवाको नोट, शेखरलाई भोट

तराई मधेशको नाराः देउवाको नोट, शेखरलाई भोट

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट शेखर कोईरालाले सभापतिका लागि उम्मेदवारी दिएका छन् । कोइरालाको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा उम्मेदवार छन्।

कोइरालाले दुई उपसभापति र दुई महामन्त्री चारै मुख्य पदमा नयाँ अनुहारलाई अगाडि सारेका हुन्। कोइराला प्यानलबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी तथा अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेका छन्।

कोईरालाको उम्मेदवारीसँग तराई मधेशका प्रतिनिधिहरु उत्साहित छन। नेपाली कांग्रेस, कोइराला परिवार र तराई÷मधेशलाई कतिपयले एकअर्काका पूरकका रुपमा हेर्ने गरेका छन्। कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको निवास रहेको विराटनगर कुनै बेला नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र थियो।

शेखर कोईरालाको उम्मेदवारीसँग नेता कार्यकर्तामा आशा जागेको कतिपयले वताउँने गरेका छन् । ‘विश्वेश्वरप्रसाद कोइरालाको बिरासत समाप्त भयो, कोइराला परिवार त छ तर नेतृत्वमा आउन सकेन भन्ने थियो’ तराईवाट प्रतिनिधित्व गर्ने एक क्षेत्रीय सभापति भन्छन्–‘अहिले शेखरको उम्मेदवारी परेपछि कांग्रेसमा फेरी उर्जा थपिएको अनुभव भएको छ।’

प्रदेश १, प्रदेश २ र प्रदेश ५ मा शेरवहादुर देउवाले जतिनै पैसा खन्याएपनि उनको पक्षमा मत नआउने उनले दावी गरे। ‘देउवा पदमा भएकाले कतिपय प्रतिनिधिहरु उनको नजिक देखिएका छन्, तर त्यो स्वार्थका लागि मात्रै हो’ उनी थप्छन्–‘भोट त शेखर कोईरालाले नै पाउँछन्।’

तराईमा यतिवेला ‘देउवाको नोट, शेखरलाई भोट’ भन्ने नारा नै लागेको छ। शेरवहादुर देउवाले पाँच वर्ष कांग्रेस चलाउँदा पार्टी सदन, सडक र सरकार सवै क्षेत्रमा असफल भएको कांग्रेस नेता÷कार्यकर्ताको वुझाई छ। त्यसैले एक पटक कोईराला खानदानवाटै सभापति वन्नु पर्ने उनीहरु वताउँछन् ।
 

नेपाली काँग्रेस शेरबहादुर देउवा शेखर कोईराला

विशेष