News राजनीति

सर्वोच्चमा वहसकै गर्दा गर्दै यसरी हुन्छ हातको इसारामा पैसाको वार्गेनिङ्ग (भिडियोसहित)

सर्वोच्चमा वहसकै गर्दा गर्दै यसरी हुन्छ हातको इसारामा पैसाको वार्गेनिङ्ग (भिडियोसहित)

हिन्दु अधिकारकर्मी तथा समाजिक अभियन्ता सुभाष ढकालले सर्वोच्च अदालतका वहालवाला न्यायाधिश र केही सेन्डिकेटधारी वकिलहरुका विचमा वहस गर्दा गर्दै मुद्दाको लागि वार्गेनिङ्ग गर्ने गरेको खुलासा गरेका छन् ।

मुद्दाको प्रकृति अनुसार वकिलहरुले हाताको इसारामा न्यायाधिशलाई पैसाको अफर गर्ने गरेको उनको दावी छ। मुद्दा वार्गेनिङ्गका हिसावले सर्वोच्च अदालतमा दुई प्रकारका वकिल रहेको उनको भनाई छ। ‘एक थरी वकिलहरु छन्, जो विशुद्ध कागज र फाईलमा मात्रै हात राखेर र पाना पल्टाएर वहस गर्छन’ उनी भन्छन्–‘अर्को एउटा थरी हुन्छन, जसले कागज र फाईलमा राख्छन् र हात उठाई–उठाई उल्टो र सुल्टो वहस गर्छन।’

यो वहस अदालतमा निकै चलन चल्तीमा रहेको उनले वताए । ‘मलाई थाहा थिएन। मैले सर्वोच्च अदालतको क्यान्टिनभित्र खाजा खाने क्रममा प्राप्त गरेको शिक्षा हो यो’ उनले भने–‘तर, यो कुरा सत्य रहेछ। न्यायाधिश हरिकृष्ण कार्कीको प्रतिवेदनले यसलाई स्विकार गरेको छ र न्यायालयभित्र न्याय विक्रि हुन्छ, खरिद विक्रि हुन्छ भनेर लेखेको छ।’

‘वकिलले वहसका क्रममा हात उठाएर वहस गर्न थाल्यो भने वुझनु पर्छ, अव न्यायाधिशलाई पैसाको अफर हुँदैछ। सुल्टो पारेर दुवै हातका १० औला देखायो भने १० र उल्टो वनाएर १० औला देखायो भने भने त्यसको अर्थ २० हुन्छ। त्यसमा पनि न्यायाधिशको रेस्पोन्स गरेन भने फेरी सुल्टो पारेर एउटा हातका ५ वटा औला देखाउँदा अघिको २० सहित २५ भयो’ उनी भन्छन्–‘यो कुरा हरिकृष्ण कार्कीको प्रतिवेदनवाट पुष्टि हुन्छ। हामीले चिया गफ भनेर पत्याएका थिएनौ। तर वहाँले त अदालतभित्र यसरी मुद्दा विक्रि हुन्छ, किनवेच हुन्छ भनेर लेख्नु भएको छ।’

सर्वोच्च भित्र वहस हुँदाहुँदै न्यायाधिशलाई कसरी पैसाको अफर गरिन्छ भन्ने विषयमा उनले नेपाल आजलाई सविस्तारमा सुनाएका छन् । एक दिन म क्यान्टिन भित्र खाजा खाँदै थिए । तराईवासी एक जना मित्र आउँनुभयो। वहाँ वडो प्रफुल्ल मुद्रामा आउनु भयो र छेउमा वहाँसगै वसेको साथीलाई  ‘मैले मुद्दा जित्छु भन्नु भो।’ जवकी मुद्दा आंशिक वहस मात्रै सकिएको छ। एउट पक्षवाट वहस सकियो, वहाँको पक्षको वकिले वहस गरिसक्यो, अर्को पक्षको वकिलको वहस सुन्न वाँकी नै थियो।

खाजको समय भयो, वहाँ आउनु भयो। वहाँ आईसकेपछि वहाँले ‘म मुद्दा जित्छु भन्नुभयो’। अनि वहाँको साथी सोध्यो– कसरी ? मेरो वकिलले त हात उठाई उठाई वहस गरेको छ भन्नुभयो। म पनि छक्क परे। वडो अचम्म लाग्यो, के भन्यो यसले भनेर सोधें। त्यहाँ वसेर सुनिरहँदाखेरी वहाँले भन्नुभयो– मैले वकिललाई मेरो मुद्दा ठेक्कामा दिएको छु। मेरो मुद्दाको जिम्मा होलसेल उललाई दिएको छु। मुद्दा हार्यो भने मैले वकिललाई उसको न्युनतम चार्ज मात्रै तिर्छु, मुद्दा जितें भने त्यसवाट प्राप्त भएको जायजेथावाट यति हिस्सा (निश्चित प्रतिशत) म उसलाई दिन्छु। अव यति–उती नभनौ, मान्छे नचिनाउँ। त्यो मुद्दा फैसला भईसकेको छ। गईसकेको छ। र वहाँले त्यो भनिसकेपछि मैले वडो चाख दिएर सुने।

के हो त कुरो ? भनेर वहाँकै साथीले सोध्दा वकिलहरु दुई किसिमले वहस गर्छन। एउटा वकिल विशुद्ध कागज र फाईमा मात्रै हात राखेर पाना पल्टाएर वहस गर्छन। अर्को एउटा थरी हुन्छन, जसले टेवुलमा राख्छन र हात उठाई उल्टो र सुल्टो वहस गर्छन। यो अदालतभित्र निकै चलन चल्तीमा रहेछ। मलाई थाहा थिएन। मैले तेही क्यान्टिनमा खाजा खाँदा त्यो शिक्षा ग्रहण गरे। मेरा गुरु वने ति झगडिया। जसले यो कुरो मलाई त्यहाँ वताए ।

अदालतको यही चलखेलका कारण चल्तीका वकिलहरु न्यायाधिश हुन नचाहेको पनि उनले वताए। उनको इसारा शम्भु थापा, रमण श्रेष्ठ लगायतका वकिलहरु तर्फ थियो। ‘वहाँहरुलाई तलवाट सेटिङ नै मिठो। यो कुरा मैले भनेको होईन, पुर्वप्रधानन्यायाधिश शुशिला कार्कीले भन्नु भएको हो’ उनले भने–‘मालमाल मुद्दा भन्नु भएको छ। यक्ष प्रश्नमा राजेन्द्र वानियाँलाई अन्तर्वाता दिदा । खास–खास मुद्दाहरुमा विशेष आकर्षण हुन्छ भन्नु भएको छ। यो त वहाँको पनि अनुभव रहेछ। जसलाई हामीले क्लिन चिफ जज भनेर स्विकारेका छौ। वहाँले पनि त्यो कुरा स्विकारी रहनुभएको छ। वहाँको समयमा पनि यी वकिलहरुको लविङ त थियो ।’

यहि सेटिङका कारण वकिलहरु न्यायाधिश हुन नमान्ने उनको दावी छ। ‘उनीहरुको सेटिङ्ग मिलेको छ, त्यसवाट लगातर पैसा आउँछ’ उनी थप्छन्–‘न्यायाधिश भएपछि त्यो मुद्दा मेरोमा आउँछकी आउँदैन भन्ने वहाँहरुलाई चिन्ता हुन्छ।’

वकिलहरु पारदर्शी नभएको पनि उनले आपत्ति जनाए । ‘तपाईहरु हस्पिटल जानु भयो भने तपाईको टाउकोको, मुटुको, शरिरको जुनसुकै पार्ट पुर्जाको अप्रेसन गर्नु भयो भने लामो विल वनाएर दिन्छ। तपाईलाई १० रुपैयाँ दाम पनि वढि लिएर ओखती नदिएको पुष्टि भयो भने उपभोक्ता ऐन अन्तर्गत मुद्दा हाल्न पाउनु हुन्छ। म ठगिए भनेर तर। सेवाग्रहाीले सेवा लिएवापत वकिललाई फिस तिरिसकेपछि त्यसको रसिद पाईन्छ की पाईदैन ? भन्दा पाईदैन। किनभन्दा त्यो यहि सेन्डिकेटधारीले गर्दा हो। अरुले होईन’ उनी भन्छन्–‘वहाँहरु आफनो वकालतको फिस लिएको रसिद दिनुहुन्न।’

सर्वोच्च अदालत सुभाष ढकाल पैसाको अफर

विशेष