News

सिपीले राजा महेन्द्रलाई राष्ट्रवादी भनेपछि रिसाए प्रचण्ड !

सिपीले राजा महेन्द्रलाई राष्ट्रवादी भनेपछि रिसाए प्रचण्ड !

नेकपा माले महासचिव सिपी मैनालीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ रिसाएका छन् । १२ वर्ष जनयुद्ध गरेर मुलधारको राजनीतिमा आएपछि राजनीतिको केन्द्र वनिरहेको आफनै अगाडि मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी भनेपछि प्रचण्ड रिसाएका हुन ।

सोही झोंकमा प्रचण्डले मैनालीलाई राप्रपाको अध्यक्ष बन्न शुभकामना दिएका छन् । बुधबार काठमाडौंमा राप्रपा महाधिवेशनको उद्घाटन समारोहमा मैनालीलाई ‘साँच्चिकै राप्रपाको अध्यक्ष बन्न लागेको हो भने बधाई छ’ भन्दै व्यंग्य गरे। 

मैनालीको संवोधनप्रति टिप्पणी गर्दै प्रचण्डले भने, ‘सीपीजीले साह्रै सजिलै महान राजा भनेर बोल्नुभयो । राप्रपाको अध्यक्ष बन्ने तयारी गर्दै हुनुहुन्छ क्यारे, मलाई त्यस्तै लाग्यो । साँच्चै त्यसो हो भने बधाई छ ।’

तर, उनले यस कारण राजा महेन्द्रको तुलनामा आफु वा अरु कोही राष्ट्रवादी हो भनेर प्रष्ट पारेनन् । राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने  सुरुवात गरेका मैनानलीले महेन्द्रलाई महान राजा भनेको सुन्दा अनौठो लागेको प्रचण्डको भनाई थियो ।

प्रचण्डले वरु ईतिहासप्रति गर्व गर्नुपर्ने र त्यसको नेतृत्व गरेका राजा महाराजाहरुप्रति गर्व गर्न सकिने बताए । उनले भने–‘आज युग फेरिएको छ, लोकतन्त्रको परिभाषा नयाँ स्तरबाट व्याख्या गरिएको छ । जनताको भूमिका नयाँ ढंगले परिभाषित गरिएको छ । त्यसकारण इतिहासको गर्व गर्दैगर्दा वर्तमानलाई बिर्सिन हुँदैन, भविष्यतिर ध्यान जानुपर्छ ।’ उनको यो भनाई आफु प्रति लक्षित थियो ।

यसअघि मैनालीले २००७ देखि भएका सबै राजनीतिक परिर्वतन अवान्छित बाह्य प्रभाव र हस्तक्षेप सहितको डेमोक्रेटिक परिर्वतन भएको वताएका थिए । ‘२०११ सालमा राजा बनेका महेन्द्रले दिल्ली सम्झौताबाट आएका अवान्छित हस्तक्षेप अधिकांश खारेज गरिदिए’– उनले भनेका थिए ।

विधान सभाको चुनाव गरेर संविधान ल्याउने एजेण्डामा लुकेको मनसायलाई राजा महेन्द्रले मात्र बुझेको र विरोध नगरी तुहाएका कारण नै नेपाल ज्यूँदो रहेको उनको तर्क छ । राजा महेन्द्र राष्ट्रवादी भएको र उनले चालेको २०१७ सालको कदम दक्षिणपन्थी राष्ट्रवादी भएको बताए । ‘दक्षिणपन्थले निरंकुशतन्त्र ल्यायो, त्यसको पुरा विरोध गरिनुपथ्र्यो, मैले पनि गरेँ । तर समाज सुधारको राष्ट्रवादी कदमको उत्तिकै विरोध गर्नु गलत थियो’ उनले भने–‘कांग्रेसले विरोध गर्नु पनि गलत थियो। सीपी मैनालीले विरोध गर्नु पनि गलत थियो ।’

२०४६ को परिर्वतन पनि अवान्छित बाह्य हस्तक्षेपको प्रभाव भएको मैनालीको दावी छ। ‘पुष्पकमल दाहालले नेतृत्व गरेको २०६२÷६३ को परिर्वतन छ, त्यसले पछि अवान्छित बाह्य प्रभाव ल्यायो, ल्यायो’– उनले भनेका थिए ।

आंकतकारीको विल्ला हटाउँदा माओवादीलाई विदेशी एजेण्डाको भारी बोकाएर पठाएको भन्दै उनले भने, त्यो भारीलाई २०६३ को परिर्वतनपछि न उहाँले एउटा हटाउनु भएको छ, न त्यसपछिको सरकारले हटाएको छ ।’

पुस्पकमल दाहाल ‘प्रचण्ड’

विशेष