News

चोलेन्द्र विरुद्ध कडा कदम उठाउन सक्ने ‘प्रचण्ड’को संकेत

चोलेन्द्र विरुद्ध कडा कदम उठाउन सक्ने ‘प्रचण्ड’को संकेत

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वकिलहरुको गुन तिर्ने नाममा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा विरुद्ध कडा कदम उठाउन सक्ने संकेत गरेका छन् । कतिपयले प्रचण्डको यो भनाई प्रति आश्चर्य ब्यक्त गर्दै संसद पुनर्स्पनाका क्रममा भएका आन्तरिक र वाह्य सेटिङ्गका कुरालाई समेत संकेत गरेको वताएका छन् ।

वुधवार प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसन सर्वोच्च बारका पदाधिकारीहरुको ज्ञापन पत्र वुझ्दै प्रचण्डले कार्यपालिकामा समस्या आउँदा कानुन व्यवसायीहरुले लगाएको गुन नबिर्सिएको बताए।

उनले राजनीतिक दलहरुले गुनको पैंचो तिर्ने बताए । त्यसक्रममा उनीहरुले न्यायालयमा समस्या देखिएको डेढ महिना हुँदा पनि दलहरुले कानमा तेल हालेर बसेको गुनासो गरेका थिए ।

जवाफमा प्रचण्डले ‘कार्यपालिकामा हिजो समस्या भयो, हामीले न्याय क्षेत्रमा काम गर्ने बारदेखि पूर्वप्रधानन्यायाधीश, न्यायाधीहहरु, कानुन व्यवसायी सबैसँग झन्डैझन्डै गुहार माग्दै हिँडेको जस्तो स्थिति थियो’ उनले भने–‘हिजो कार्यपालिकामा समस्या देखा पर्दा, हामीलाई त्यहाँबाट ठूलो सहयोग प्राप्त पनि भयो ।’

उनले दलहरुले बिर्सिए भन्ने नठान्न आग्रह गरे। ‘तपाईंहरुले लगाएको त्यो गुनको पैंचो राजनीतिक दल र कार्यपालिकाले तिर्नु पर्छ’– उनले भने।

सर्वोच्चमा देखिएको समस्याबारे सत्तारुढ गठबन्धनमा छलफल भएको समेत उनले बताए । विदेश भ्रमणमा रहेका सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने आश्वासन समेत उनले दिए।
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ चोलेन्द्रशमशेर जबरा

विशेष