News

जनता चुसेको र कर्मचारीलाई शोषण गरेको खुलासा गर्दा एनसेलले भन्यो– पित पत्रकारिताको पराकाष्ठा (श्रृंखला– ७)

जनता चुसेको र कर्मचारीलाई शोषण गरेको खुलासा गर्दा एनसेलले भन्यो– पित पत्रकारिताको पराकाष्ठा (श्रृंखला– ७)

दुरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’ ले नेपाल आजलाई पित पत्रकारीता गरेको आरोप लगाएको छ। एनसेल केन्द्रीय कार्यालयमा विगत ६ महिनादेखि भईरहेको आन्दोलन तथा कंपनी भित्र देखिएका विकृती र विसंगतीका समाचार प्रकाशनमा आएपछि एनसेलले पित पत्रकारीताको आरोप लगाएको हो ।

एनसेलले नेपाल आजमा प्रकाशित समाचार हटाउँन पटक–पटक दवाव दिदै आएको थियो। कम्पनीका कर्मचारीहरुले नेपाल आजका संचालक माधव गुराईगाईलाई समाचार नहटाए ठिक पार्नेसम्मको धम्की दिए । धम्की दिएको विषयमा समेत समाचार सार्वजनिक भएपछि तेश्रो ब्यक्ति प्रयोग गरेर समाचार हटाउन दवाव श्रृजना गरियो। त्यसमा पनि असफल भएको एनसेलले नेपाल आजलाई प्रलोभनमा पार्ने प्रयास गरेको थियो।

एनसेलले ‘आउटरिच नेपाल प्रालि’ नामको एजेन्सीलाई परिचालित गरी विज्ञापन लिन र समाचार हटाउन प्रस्ताव पठाएको थियो । यति गर्दा समेत नेपाल आज नगलेपछि एनसेलले खण्डनका लागि पत्राचार गर्दै पित पत्रकारीता गरेको आरोप लगाएको छ।

नेपाल आजले एनसेलमा भईरहेको आन्दोलन, त्यहाँ भईरहेको नेपाली कर्मचारी माथिको विभेद, श्रम शोषण, २÷२ वर्षमा तलव सुविधा वृद्धि गर्ने सहमति विपरितका काम लगायतका विषयमा वुझ्न पटक–पटक सम्पर्क गरेको थियो। तर, कम्पनीका आधिकारीक  कर्मचारीहरु प्रतिक्रिया दिन इन्कार गर्दै भागिरहेको अवस्था थियो । यति मात्र होईन, विहिवार नेपाल आजका सहकर्मी पत्रकार प्रतिक्रियाका लागि एनसेल केन्द्रीय कार्यालयमा पुग्दा आधिकारीक ब्यक्तिहरुले प्रतिक्रिया दिन मानेनन मात्रै होईन, आन्दोलनरत कर्मचारीलाई समेत मिडियामा सुचना चुहाए जागिरवाट हात धुनुपर्ने भन्दै धम्की समेत दिए । यो कुरा आन्दोलनकारी कर्मचारीले वताएका छन् ।

अर्कोतर्फ खण्डनका लागि पठाईएको पत्रमा नेपाल आजले उठान गरेका विषयहरुको वारेमा एक शब्द वोलिएको छैन। कर्मचारीको आन्दोलन, कर्मचारीमाथि भईरहेको श्रम शोषण, विदेशी र नेपाली कर्मचारीहरुमाथि भईरहेको विभेद, केही वरिष्ठ कर्मचारीहरुले तल्लो तहका कर्मचारीलाई दिने गरेको धम्की लगायतका विषय उक्त पत्रमा एक शब्द पनि उल्लेख नहुनेले एनसेलको वास्तविक्ता उजागर हुन्छ।

यो खण्डनका लागि तयार गरिएको पत्र समेत एनसेलले कानुनी सल्लाहकार प्रयोग गरेर तयार गरेको पाईएको छ। यो पत्रमा एनसेलमाथि लागेका आरोपका विषयमा एक शब्द वोलिएको छैन। वकिलको फम्र्याटमा तयार गरिएको खण्डन पत्रमा एनसेललाई सम्पुर्ण रुपमा सहि र समाचार प्रकाशन गर्ने अनलाईनलाई सम्पुर्ण रुपमा गलत सावित गर्न प्रयास गरिएको छ। 

समाचारमा आएका विषयमालाई गौण राखेर अमुर्त रुपमा केही विषयमा समाचार झुटो भएको दावी गरिएको छ। यसैगरी एनसेलले नेपाल आजले चरित्र हत्या गरेको आरोप समेत लगाएको छ। नेपाल आज डट कम सरकारी निकायमा दर्ता भएर आवाज विहिनहरुको आवाज वनिरहेको अनलाई पोर्टल हो, कसैको चरित्र गर्नु यसको उदेश्यक होईन।

तर, एनसेलका आधिकारीक ब्यक्तिहरु अहिले पनि पत्रकारले सोध्ने प्रश्नका लागि तयार छैनन् । त्यसको वद्ला एनसेलका तर्फवाट नेपाल आजलाई समाचार खण्डनका लागि दुई वटा पत्र प्राप्त भएका छन् । एउटा एनसेलका सिईओ (प्रमुख कार्यकारी अधिकृत) एण्डी चोङ (मलेसियन नागरिक) र अर्को युवराज श्रीवास्तव (भारतिय नागरिक) को तर्फवाट प्राप्त भएको पत्र हामीले यहाँ प्रस्तुत गरेका छौ ।

यो पनि

एनसेलद्वारा नेपाल आजलाई विज्ञापनको प्रलोभन, समाचार हटाउन दवाव (श्रृंखला– ६)

एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)

एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)

एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)

आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)

एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)

एनसेल

विशेष