News राजनीति

प्रकाशनमानलाई सुजाताको साथ, शेखरलाई घात !

प्रकाशनमानलाई सुजाताको साथ, शेखरलाई घात !

नेपाली कांग्रेस इतर समूहकी नेतृ सुजाता कोइरालाले शेखर कोईरालाई साथ नदिने भएकी छिन् । नेता प्रकाशनमान सिंहले पार्टीको जारी महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेपछि सुजताले उनकै प्यानलवाट उपसभापतिमा उम्मेदवारी दर्ता गर्न लागेकी छिन् ।

पौडेल समूहमा रहेका नेता सिंहले यलम्बर पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्दैछन् । सिंहको प्यानलबाट सुजाता कोइराला उपसभापतिमा उठ्ने सिंह निकट स्रोतले जनाएको छ। 

सिंहको प्यानलबाट काठमाडौंकी उपमेयर हरिप्रभा खड्गी पनि केन्द्रीय सदस्य पदमा उठ्ने भएकी छन्। महामन्त्री पदमा पनि कांग्रेस संस्थापन समूहबाट सरकार बाहिर रहेका नेतालाई आफ्नो प्यानलको उम्मेदबार बनाउने प्रयासमा सिंह रहेको बताइएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने इतर समूहबाट आफू सर्वसम्मत उम्मेदवार हुन नसके सभापति पदमा नउठ्ने अडान लिएका छन्। शनिबार बिहान आफ्नै निवास (बोहराटार) मा भएको इतर समूहको बैठकमा एउटा मात्र उम्मेदवार बनाउने कुरामा सहमति हुन नसके आफू उम्मेदवार नबन्ने उनले वताए ।

छलफलमा नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, गगन थापा, बद्री पाण्डे बसेका थिए। शुक्रबार रातिको बैठकपछि नेता शेखर कोइरालाले सभापतिका चार दाबेदारबाट २ मा झरे पनि अझै सहमति नभएको बताएका थिए । उनले शनिबार बिहानसम्म एक जना मात्र उम्मेदवार बनाउने विषयमा सहमित हुने विश्वास व्यक्त गरे पनि त्यो सम्भव भएको छैन।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ। 
 

विशेष