News राजनीति

देउवा क्याम्पमा भुईचालोः सिटौलालाई मिलाउन खोज्दा विश्वप्रकाश वागी !

देउवा क्याम्पमा भुईचालोः सिटौलालाई मिलाउन खोज्दा विश्वप्रकाश वागी !

पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मिलाउन खोज्दा देउवा क्याम्पमा भुईचालो गएको छ। सभापति शेरवहादुर देउवालाई विश्वप्रकाश शर्माले पनि साथ छोड्न लागेका छन् ।

प्रवक्ता शर्माले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकोको उनी निकट ध्रुव लुइँटेलले जानकारी दिए । देउवाले कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेललाई महामन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेपछि शर्मा असन्तुष्ट भएका हुन।

विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेमा प्रतिस्पर्धा रोचक हुनेछ । महामन्त्रीमा गगन थापा, प्रदीप पौडेल, बालकृष्ण खाँण र मीनेन्द्र रिजालले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । 

यसैगरी पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्यानलबाट पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी सुजाता कोइरालाले उपसभापतिमा उठ्ने घोषणा गरेकी छिन् । 

सभापपतिमा पनि ५ जनाको उम्मेदावरी पर्ने देखिएको छ। यसअघि सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

संस्थापन पक्षबाट प्रधानमन्त्री तथा कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा तथा इतरसमुहवाट प्रकाशमान सिंह, शेखर कोईराला र विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि सभापतिका उम्मेदवारको संख्या पनि बढ्ने देखिएको हो । सिंह र कोइराला पौडेल पक्षका भएपनि सहमति हुन नसकेपछि दुबै जनाले उम्मेदवारी दर्ता गर्न लागेका हुन् । 


प्रकाशमान सिंह उम्मेदवारी दर्ताअघि आफ्नो सम्पर्क कार्यालयमा निकटस्थहरुसँग छलफलमा व्यस्त छन्। यता शेखरले बालुवाटारस्थित आफ्नो कार्यालयमा निकटस्थसँग छलफल गरिराखेका छन् भने देउवाले पनि प्यानल तयार गर्नका लागि छलफललाई जारी राखेका छन् । 

सभापतिका अर्का दाबेदार विमलेन्द्र निधिले पनि आज दिउँसो उम्मेदवारी दर्ता गराउने बताए । उनले उम्मेदवारी दर्ताअघि आफ्नो टीमबाट चुनाव लड्ने उम्मेदवारबारे छलफल गर्दैछन् । आफ्नो टीमबाट सहमति हुन नसकेपछि रामचन्द्र पौडेलले भने अब उम्मेदवार नबन्ने बताएका छन् । यस्तै महामन्त्री शशांक कोइरालापनि उम्मेदवारको रेशबाट ब्याक भएका छन् । 
 

कृष्णप्रसाद सिटौला शेरबहादुर देउवा विश्वप्रकाश शर्मा

विशेष