News राजनीति

दुर्गा प्रसाईलाई केन्द्रीय सदस्य वनाउने ओलीको प्रयास असफल

दुर्गा प्रसाईलाई केन्द्रीय सदस्य वनाउने ओलीको प्रयास असफल

झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँलाई एमाले केन्द्रीय कमिटीको सदस्य वनाउने ओलीको प्रयास असफल भएको छ।

आइवार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रसाईँको नाम प्रस्ताव गरेका हुन् । तर प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने ओलीको प्रस्तावलाई लिएर अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीसहितका पदाधिकारीहरूले बैठकमै आपत्ति जनाएका थिए । उनीहरूले ओलीले सल्लाह नगरिकनै नाम अघि सारेको भन्दै ओलीको प्रस्तावमा विरोध जनाएका थिए ।

भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रसाईसहित ३० जना नेताहरूको नाम प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले बताए । प्रसाई यसअघि चितवनमा सम्पन्न १०औं महाधिवेशनमा प्रतिनिधिको रुपमा पुगेका थिए ।

प्रसाईँले केन्द्रीय सदस्यमा उठ्ने बताए पनि ओलीले तयार पारेको केन्द्रीय कमिटीको सूचीमा परेका थिएनन् । उनी गोदावरीमा भएको विधान महाधिवेशनको क्रममा एमाले प्रवेश गरेका थिए ।

प्रस्तावमा परेका नेताहरूमध्ये दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, लालबाबु पण्डित, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण ब्यञ्जनकार, विषमलाल दनुवार, सुवास देवकोटा, बालसिंह काउछा, चन्द्र विक, इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चपाईं, नैनकला ओझा, मञ्जु गुरुङ, गीता कार्की, सुनिता यादवसहितलाई केन्द्रीय कमिटीमा मनोनयनका लागि प्रस्ताव गरेका थिए । 
 

दुर्गा प्रसाई

विशेष