News

देउवाको विलौना, शेखर कोईरालाको काउण्टर

देउवाको विलौना, शेखर कोईरालाको काउण्टर

‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर प्रश्न गर्छन। त्यसैले मैले जित्नै पर्छ’ भन्दै रोईकराई गरेका शेरबहादुर देउवालाई सभापतिका उम्मेदवार शेखर कोईरालाले काउण्टर जवाफ दिएका छन् । आईतवार उनले पत्रकार सम्मेलन गरेर जसरी पनि नेतृत्व परिवर्तन हुने वताए ।

कोइरालाले भोलि हुने निर्वाचनबाट नेतृत्व परिवर्तन भइछाड्ने बताए। देउवाको अभिव्यक्ति प्रति कटाक्ष गर्दै उनले भने–‘म हारेँ भने यो गठबन्धन सरकार जान्छ, भनेर भनिदिनुभयो । साथीहरु म भन्छु, नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ.. । सँगसँगै नेतृत्व परिवर्तनपछि गठबन्धन सुदृढ र संगठित भइकन निर्वाचनमा होमिन्छौं । यो सरकारलाई अझ मजबुत गर्ने प्रयास हाम्रो नेतृत्वले गर्छ ।’

उनले आफूहरुले गतिशील र ऊर्जाशील काँग्रेस बनाउन गइरहेको पनि बताए । नयाँ विचार र कार्यशैलीबाट अघि बढ्ने प्रतिबद्धता आफूहरुको रहेको तथा आफू नेतृत्वमा आए पार्टीका भ्रातृ र शुभेच्छुक संस्थालाई सुदृढ गरेर अघि बढ्ने बताउँदै त्यसलाई क्रियाशील र जिम्मेवार बनाएर लैजाने पनि प्रण गरे । 

विशेष