News

जनयुद्धमा ८ वर्ष जेल जीवन बिताएका सांसद खड्का माओवादीको बागमती प्रदेश अध्यक्षका दाबेदार !

जनयुद्धमा ८ वर्ष जेल जीवन बिताएका सांसद खड्का माओवादीको बागमती प्रदेश अध्यक्षका दाबेदार !

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका लागि प्रदेश सांसद विशाल खड्काको बलियो दाबेदारी देखिएको छ । शनिवारबाट शुरु भएको प्रदेश सम्मेलनको बन्दसत्र आज बिहानदेखि सुरु भएको छ। यो प्रदेश सम्मेलनले २७७ सदस्यीय प्रदेश कमटी चयन गर्नेछ ।

प्रदेश अध्यक्षका लागि दोलखाका विशाल खड्का नै प्रमुख दाबेदारको रुपमा देखिएका छन् । प्रदेश अध्यक्षका दावेदार खड्का माओवादी आन्दोलनका चर्चित युवा हुन् । हाल प्रदेशसभा सदस्य समेत रहेका युवा नेता खड्का जनयुद्धकालमा ८ वर्ष जेल बसेका थिए । उनको परिवार नै माओवादी जनयुद्धमा होमिएको थियो । सांसद खड्काका दाजु रितबहादुर खड्का माओवादीको केन्द्रीय सदस्य रहेका बेला युद्धकालमा सेनाबाट रौतहटको पिपहरामा सहिद भएका थिए ।

दिदी देवी खड्का पनि जनयुद्धमा प्रहरी दमनबाट पीडित भएकी थिइन् भने उनी पनि दमनको शिकार भएका थिए । दिदि देवी खड्का पुर्व मन्त्री समेत हुन्। दोलखाका लोकप्रिय नेता खड्का युवामाझ स्थापित छन् भने माओवादी अध्यक्ष प्रचण्डले पनि खड्कालाई ग्रीन सिग्नल दिएको बुझिएको छ । खड्का २०७० को निर्वाचनमा पनि उम्मेदवार भएका थिए । खड्काका नेपाली क्रान्ति र नयाँ विचार, नयाँ ढंगको पार्टी, स्मृतिको पानामा सहिद रितबहादुर खड्का लगायत पुस्तक प्रकाशित छन्।

सांसद विशाल खड्का अध्यक्षका दाबेदार

विशेष