News

विवाहपछि किन गुमनाम भयो कट्रिना कैफ र बिक्की कौशलको जोडी ?

विवाहपछि किन गुमनाम भयो कट्रिना कैफ र बिक्की कौशलको जोडी ?

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता बिक्की कौशल विवाहबन्धनमा बाधिएको चार दिनदेखि गुमनाम छन् । विवाहपछिको उनिहरुको दिनचर्या सार्वजनिक भएको छैन।

विवाहपछि एउटा फोटो सार्वजनिक गर्दै उनिहरुले ‘एक आर्काका लागी हाम्रो मन भित्र रहेको प्रेम सम्मानले आज विवाहसम्म ल्याएको छ । हाम्रो नयाँ जिन्दगीको लागी सबैको माया र आर्शिवादको आवश्यकता छ’ लेखेका थिए। त्यसयता उनीहरुको तस्वीर पनि सार्वजनिक भएको छैन।

हाइसेक्युरिटीका साथ विवाह गरेको यो जोडीले मिडियालाई समेत प्रवेश अनुमति दिएका थिएनन् । विवाहपछि उनीहरु कुनै पार्टी वा समारोहमा सहभागी भएको पनि पाईएको छैन ।

विवाह पश्चात विवाहका तस्वीर र भिडियो सार्वजनिक गर्नुपर्ने समयमा उनीहरुका अन्य तस्वीरहरु अहिले सामाजिक संजालमा विस्तारै आउन थालेका छन् । कट्रिना र बिक्कीको विवाहको तस्वीर र भिडियो हेर्नका लागि उनका प्रशंसकहरु व्यग्रह प्रतिक्षामा बसिरहेका छन् ।

कट्रिनाले किन आफ्नो विवाहको तस्वीर बाहिर नल्याएको भन्दै प्रश्न पनि उब्जिन थालेको छ । तर, उनीहरुले आफ्नो विवाहको भिडियो समेत महंगो रकममा अमेजन प्राइमलाई बेचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार अनुसार कट्रिना–विक्कीको विवाहको भिडियोका लागि अमेजनले ८० करोड भारतीय रुपैयाँ तिरेको छ । केही दिनअघि  विक्की र कट्रिनाको विवाहको दृश्य सार्वजनिक गर्न एक ओटीटी प्लेटफर्मले एक सय करोडको अफर गरेको खबर सार्वजनिक भएको थियो ।

त्यसैले पनि विक्की र कट्रिना आफ्नो विवाहको भिडियो सामाजिक सञ्जालमा अहिले नै भाइरल नहोस् भन्ने चाहन्छन् । यसका लागि उनीहरुले विवाहमा उपस्थित अतिथिहरुलाई पनि भिडियो नखिच्न आग्रह गरेका थिए । उनीहरुको विवाहमा मोबाइल लैजान समेत प्रतिबन्ध लगाइएको थियो।

उनीहरुको विवाह कार्यक्रम राजस्थानको सवाई माधोपुर जिल्लास्थित सात सय वर्ष पुरानो किल्लामा सञ्चालित भव्य होटलमा भएको थियो । कट्रिना–विक्कीको विवाहको दृश्य अमेजनले अर्को वर्ष सार्वजनिक गर्नेछ । 
 

विशेष