News

गतिछाडा प्रधानाध्यापकको हर्कतः फेसवुक भरी अस्लिल गाली !

गतिछाडा प्रधानाध्यापकको हर्कतः फेसवुक भरी अस्लिल गाली !

‘एउटा खातेले गैरजिम्मेवारर ढङ्गले चरित्र हत्या गरेको रैछ । यदि साँचो हो भने हामी सजाय भोग्न तयार, तर झुटा भए त्यो ...जी (अस्लिल गाली) ‘गु’ खान तयार हुनेकी नहुने? खाते साला याद राख ।’

सामाजिक सञ्जाल फेसवुकमा लेखिएको यो वाक्य कुनै अवुझ, अज्ञानी, अनपढ र भैसी गोठालोले लेखेको होईन । यस्ता गोठाले शब्द प्रयोग गरेर स्ट्याटस लेख्ने ब्यक्ति हुन– बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यामिक विद्यालयका हेडशिक्षक (प्रधानाध्यापक) जनक वोहरा । 

उनले नेपाल आज डट कममा मंसिर १४ गते प्रकाशित भएको ‘असक्षम प्रधानाध्यापक राजिनामा दिँदै, कुम्ल्याएको रकम समेत फिर्ता गरिदिने’ शिर्षकको समाचार वडाध्यक्षले सेयर गरेको भन्दै वडाध्यक्षलाई मुख छोडेर गाली गरेकाछन् ।


शिक्षक शब्दकै अपमान
नेपाली बृहत् शब्दकोशमा शिक्षक शब्दको अर्थ यस्तो छ : शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुरु, मास्टर । शिक्षक शब्दमा प्रयोग भएको अक्षर ‘शि’ ले ‘शिखरमा लैजाने मान्छे’, क्ष ले ‘क्षमा गर्ने ब्यक्ति’ र क ले ‘कमजोरी दूर गर्ने ब्यक्ति’ भन्ने जनाउँछ । शिक्षक शब्द आफैमा आदर योग्य छ । तर, बझाङका यी प्रधानाध्यापक बोहराको फेसवुकमा प्रयोग गरिएका माथिका शब्द र यो परिभाषाको कतै भेटघाट हुँदैन । वरु ति शब्दले शिक्षक शब्दकै खिल्ली उडाएको छ ।

अव प्रश्न उठ्छ, जो ब्यक्ति आफै समाजले पचाउनै नसक्ने शब्द प्रयोग गर्दै हिड्छ, सामाजिक सञ्जालमा लेख्छ । त्यो ब्यक्तिले विद्यार्थीलाई दिने शिक्षा कस्तो हुन्छ ? अझै भनौ आफु अन्तरगत रहेर काम गरिरहेका शिक्षकलाई के सिकाउँछ? विद्यालयको वातावरण कस्तो होला, विद्यार्थीहरु कस्तो वातावरणमा हुर्किरहेका छन् र उनिहरुको शिक्षा कस्तो छ?

स्पष्ट छ । मजखोरी माद्यमिक विद्यालयका प्रधानाध्यापक स्वयमले आफुलाई ‘असक्षम’ घोषणा गरेका छन्  । मंसिर ११ गते मिडियासँग बोल्दै शिक्षक बोहराले शैक्षिक प्रशासन सञ्चालन गर्न नसकेको र आफु असक्षम भएको वताउँदै प्रधानाध्यापकबाट राजिनामा दिने घोषणा गरेका थिए  । 

">१२ बजे विधार्थी घर पुगेपछि प्रधानाध्यापकको कठालो समात्न अभिभावक स्कुलमा

बोहरामाथि विद्यालयको लाखौं रकम अपचलन गरेको आरोप छ । उनले विद्यालयमा विनियोजित बजेटमा कागज मिलान गरेर पैसा खाएको विद्यालयका शिक्षक रामचन्द्र मण्डेल वताउँछन्  । वोहराले पुस्तकालयका लागि आएको ६ लाख ५० हजार रकम कागज मिलान गरेर खाएको सुईँको पाएपछि शिक्षकहरु विल भर्पाईको माग गरिरहेका  छन्  । तर, उनी हिसाव देखाउँन नसक्ने वताउँदै लाज पचाएर वसेका छन्  । ‘कागज मिलाएर पैसा खाएको पत्ता लागेपछि हामीले विल र किताबको हिसाब माग्यौ’ शिक्षक मण्डेल भन्छन्–‘तर, उनी त हिसाव हैन, १ लाखरुपैयाँ फिर्ता गर्छु पो भन्न थाले ।’

पुस्तकालय स्थापना गरेको २ वर्षसम्म उनले सवै पैसाको किताव ल्याएको भनेर सवैलाई ढाँटेको शिक्षकहरु वताउँछन्  । ‘पुस्तकालयमा पर्याप्त किताव नभएपछि हामीले विल पेश गर्नोस भन्दा अटेरी गर्थे  । बिहीबार सबै शिक्षकहरुले बाध्य बनाएपछि विल त देखाएनन । तर १ लाख फिर्ता गर्छु भनेका छन्  ।’ एक लाख फिर्ता गर्छु भन्नुले नै बोहराले रकम अपचलन गरेको पुष्टि हुने शिक्षकहरुको दावी छ ।

प्रधानाध्यापक बोहराले पुस्तकालय, आइटी ल्याव र विद्यालय भवन निर्माण गर्दा लाखौंरुपैयाँ आर्थिक अनियमितता गरेको शिक्षकहरुको आरोप छ  । उनीहरुका २०७३ मा बोहरा प्रधानाध्यापक भएदेखि नै विद्यालयको सामाजिक परिक्षण गरिएको छैन । 


गत आर्थिक वर्ष निर्माण भएको ४२ लाख बराबरको विद्यालय भवनको काम अझै पुरा भएको छैन  । प्रदेश सरकारको सामाजिक विकास शाखाबाट कागजात पेश गरेर रकम भुक्तानी लिइसके पनि विद्यालयको अधिकांश काम अधुरो छ । दुइ तले भवनको सिढीमा समेत प्लास्टर गरिएको छैन ।


यसैगरी, प्रधानाध्यापक वोहराले गत असारमा फर्निचर खरिद गरेको विल पेश गरेर करिब १ लाख ५० हजाररुपैयाँ भुक्तानी लिएका छन्  । तर, त्यस वापतको फर्निचर मंसिर वित्न लाग्दा समेत विद्यालयमा आएको छैन । असारमै भुक्तानी लिएको छात्रावृत्तिको ३६ हजार अहिलेसम्म वितरण गरिएको गाउँपालिकाको अनुगमन टोलीले फेला पारेको छ । मंसिर १३ गते विद्यालय अनुगमनको क्रममा गाउँपालिकाबाट खटिएको टोलीले सोधपुछ गर्दा छात्रवृत्ति वितरण नभएको तथ्य फेला परेको हो  ।

गाउँपालिकावाट खटिएको अनुगमन टोलीका एक सदस्य भन्छन्– ‘प्रधानाध्यापकले छात्रवृत्तिको रकम हिनामिना गरेको भेटियो  । हामिले तुरुन्त वितरण गर्न निर्देशन दिएका छौँ ।’

विद्यार्थीको पढाई सत्यानास
प्रधानाध्यापक वोहराको कमजोरीले विद्यालयको पठन पाठन समेत प्रभावित छ । शिक्षकहरु घाम तापेर वसेपछि विद्यार्थीहरु १२ वजे अघि नै घर पुग्ने गरेका छन्  । यस विषयमा नेपाल आजले केही दिन अघि स्थलगत रिपोटिङ्ग गरेको थियो  ।

शिक्षकले नपढाउँदा विद्यार्थी दिउँसै घर फर्किने गरेको अभिभावकहरुले गुनासो गरेका थिए  । प्रधानाध्याकपसहितका शिक्षकहरुले पनि आफुहरु हिसाव कितावमा ब्यस्त भएकाले पढाउन नपाएको र तल्लो कक्षाका विद्यार्थीहरु चाँडै घर जाने गरेको वताएका थिए  । 

फेसवुकमा गालिको वाढी
प्रारम्भमै उल्लेख गरिएको स्ट्याटस प्रधानाध्यापक वोहराले मंसिर १९ गते शेयर गरेका हुन  । त्यसपछि उनले लगातार तीन वटा स्ट्याटस फेसवुकमा हालेका छन्  । उनका यी चार वटै स्ट्याटस वडाअध्यक्ष पदम मण्डेल र नेपाल आज डट कममा समाचार सम्प्रेसण गर्ने प्रत्रकारतर्फ लक्षित छन् ।

(वडाध्यक्ष पदम मण्डेलको कमेन्टमा प्रधानाध्यापक बोहराको अश्लिल गाली)

उनले समाजिक सञ्जालमार्फत पत्रकार र वडाध्यक्षलाई अश्लिल गाली–गलौज गरिरहेका छन्  । यति मात्रै होईन, वडाध्यक्ष मण्डेललाई त उनले मुख छोडेरै गाली गरेका छन्  । तर, उनका यस्ता कृयाकलापमा विद्यालय ब्यवस्थापन समिति, गाउँपालिकाको शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाइलगायतका निकाय भने मौन छन्  ।

प्रधानाध्यापक वोहराले फेसवुकमा लेखिएको स्ट्याटस वडाअध्यक्ष पदम मण्डेल लक्षित भएका वताए । ‘फेसवकुमा मैले लेखेकै हो, तर मैले त्यसै लेखेको होईन । वडाध्यक्ष पदम मण्डेलले म माथि विद्यालयको लाखौं रुपैयाँ हिनामिना गरेको भन्दै आक्षेप लगाएर फेसवुकमा स्ट्याटस लेखेपछि त्यसको प्रतिवाद गर्न लेखेको हुँ।’

वडाअध्यक्षको रिसले एउटा शिक्षक, त्यसमाथि प्रधानाध्यापक भएर सामाजिक सञ्जालमा अस्लिल शब्द प्रयोग गर्न सुहाँछ र ? भन्ने प्रश्नमा भने उनले ‘पत्रकारहरु मेरै पछाडि मात्रै किन लाग्छन ?’ भन्दै फोन काटेर पटक–पटक सम्पर्क गर्दा पनि फोन रिसिभ गरेनन् ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिचन्द्र कठायतले भने आफु आमाको उपचारमा ७/८ दिनदेखि वाहिर रहेको र सम्पूर्ण जानकारी नभएको वताउँदै विद्यालयमा भएको समस्याका कारण विद्यालय ब्यवस्थापन समितिसँग कुरा नमिलेर त्यस्तो लेखिएको हुन सक्ने वताए । आफुले पनि प्रअको फेसवुक स्ट्याटस हेरेको वताएका उनले एउटा शिक्षक जस्तो जिम्मेवार ब्यक्तिले त्यसरी गालिगलौज गरेर फेसवुकमा लेख्नु गलत भएको वताए ।

गाउँपालिका अध्यक्ष अक्कल धामीको ९८४३३१...१७ नम्वरको मोवाईल स्विच अफ भएकाले प्रतिक्रिया लिन सकिएन ।
 

बझाङ जनक बोहरा गतिछाडा प्रधानाध्यापक मजखोरी माध्यामिक विद्यालय

विशेष