News

शेरधनसँग मिल्न बालिकालाई एमालेको दवाव !

शेरधनसँग मिल्न बालिकालाई एमालेको दवाव !

नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई र उनलाई बलात्कारीको आरोप लगाउँदै आएकी बालिका खड्काका विचमा समझदारीको प्रयास सुरु भएको छ। राईबाट पीडित भएको आरोप लगाउँदै आएकी खड्काले नै दुई विचमा मिलापत्र गर्ने प्रश्ताव आएको संकेत गरेकी छिन् ।

आईतवार सामाजिक सञ्जाल फेसवुकमा उनले लेखेकी छिन्–‘विवाहित ‘गु धने’ सँग मिल्नु पर्ने अफर । सम्भावना नभएको कुरा ।’ उनको यो स्ट्याटसमा कतिपयले सधै झगडा गर्नुभन्दा मिल्नु नै राम्रो भन्दै सुझाव पनि दिएका छन् । तर, खडकाले भने ‘यो फटाहासँग मिल्न नि सकिदैन कार्बाही गर्न तागत पनि पुग्दैन अपराधी मात्रै हो’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।

उनले कस्ले प्रस्ताव ल्यायो र पहल गर्ने को हो ? भन्ने विषयमा भने खुलाएकी छैनन्। तर, उनको त्यसअघिको स्ट्याटस अनुसार नेकपा एमाले पार्टी कमिटि भित्रैवाट उनीहरुको विचमा मेलमिलाप गराउन खोलिएको वुझिन्छ। उनले लेखेकी छिन्–‘बालिका खडकाकै लागि धेरै राजनीति गर्यो एमालेले। किन होला यस्तो भिक्टिम बनायो दुख दियो।’

यस पुर्व उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरेकी थिईन। सौराहामा सम्पन्न एमालेको दशौं महाधिवेशनपछि ओलीसँग भेट्न पुगेकी खड्काले उक्त फोटो पनि फेसवुकमा शेयर गरेकी थिईन।

यी दुई वटा सन्दर्भले उनलाई पुर्वमुख्यमन्त्री राईसँग मिल्न पार्टीवाटै दवाव सुरु भएको अनुमान लगाउन थालिएको छ। 

शेरधन राई बालिका खड्का

विशेष