News

हार्ने संकेत देखेपछि मतदानस्थलमै देउवाको चालः मतदातालाई लाईनमै थकाउने !

हार्ने संकेत देखेपछि मतदानस्थलमै देउवाको चालः मतदातालाई लाईनमै थकाउने !

कांग्रेसको जारी मतदानमा अनौठा–अनौठा दृष्य र तथ्यहरु वाहिर आउन थालेका छन् । जसरी पनि सभापति जित्ने योजनामा रहेका शेरबहादुर देउवाले हनेक हथकण्डा अपनाईरहेका छन् ।

त्यसमध्येको एउटा उदाहरण हो, मतदाताकै विचमा पनि विभेद। देउवाले आफ्नो मत बढी भएको प्रदेश ६ र ७ का महाधिवेशन प्रतिनिधीलाई विहान ७ वजे नै मतदात स्थलमा छिराएका थिए । उनीहरुले चाँडै भोट हालेर निस्केका छन् ।

तर, आफनो मत नरहेको प्रदेशका मतदातालाई भने उनले वेवास्ता गरेका छन् । खास गरी प्रदेश २ का महाधिवेशन प्रतिनिधिहरुले भोट हाल्न लामो लगाईन वस्नु परेको छ। ८ बजेबाट लाईन बसेका प्रदेश २ का मतदाताहरु दिउँसो करिव २ वजे बल्ल भोट हाल्न भित्र छिरेका छन् ।

तर, भित्र छिरेपछि मतपत्र सकिएको जानकारी दिईएपछि उनीहरु अन्यौलामा परेका छन् । भित्र पुगेका केही मतदाताले मात्रै भोट हाल्न पाएको र अधिकांश मतदाता वस्ने की निस्किने दोधारमा छन् ।

निर्वाचन समितिले अहिलेसम्म पनि मतदातालाई विकल्प के हुने भन्ने विषयमा जानकारी गराएको छैन। यस्तो ताल देखिएपछि मतदाताहरु रुष्ट भएका छन् । लाईनमा वसेका मतदाताले देउवाले षडयन्त्र गरेको आरोप लगाए । आफु विरुद्ध मतदान गर्ने आशंका गरिएका मतदातालाई लाईनमै थाकाउने र फर्काउने रणनीति देउवाले अख्तियार गरेको उनीहरुको आरोप छ।

आफू हार्ने भएपछि मतदाताको ब्लड प्रेसर बढाएर मत नै नहाली फर्काउने देउवाको चाल भएको उनिहरु वताउँछन् । ‘लामो समय लाईनमा वसेपछि मान्छे थाक्छ, त्यसमाथि जाडो वढ्दै गएपछि मतदाताले भोट हाल्ने सोच त्यागेर घर तिर लाग्छ भन्ने सोच हो’ एक मतदाता भन्छन्–‘कतिपय मान्छे त दिशा÷पिसाव लाग्दा वा प्यास लागेर वाहिर निस्कनु पर्दा पनि दोहोर्याएर लाईनमा वस्न आउँदैन।’

यो सवै चाल भोटका लागि भएको उनको आरोप छ।

विशेष