News

सागर (बले) ले नै प्रचार गराएका रहेछन् प्रिज्मासँगको प्रेमको हल्ला

सागर (बले) ले नै प्रचार गराएका रहेछन् प्रिज्मासँगको प्रेमको हल्ला

टिकटकवाट उदाएकी मोडल प्रिज्मा खतिवडा र हास्य कलाकार सागर लम्सालबीचको सम्वन्ध निकै आगाडिदेखि चर्चामा छ। कहिले उनिहरुको प्रेमका कारण चर्चा भयो भने कहिले व्रेकपका कारण चर्चा भयो।

अहिले पछिल्लो समय भने ‘ब्रेकअप’का कारण चर्चा चलिरहेको छ । ब्रेकअपको चर्चापछि प्रिज्मा र प्रिन्सिले केही मिडियामा अन्तर्वार्ता पनि दिएका छन् । उक्त अन्तर्वार्तापछि सागर लम्सालको सामाजिक सञ्जालमा निक्कै आलोचना भयो। 

एउटा अन्तरवार्ताका क्रममा प्रिन्सीले आफ्नो प्रेमको कुरालाई लिएर आँशु झारेपछि सबैले प्रिज्मा सम्झेर सागरलाई गाली गरे। कतिपयले प्रिन्सीलाई पनि प्रिज्मा ठानेर नकारात्मक कमेन्ट गरे ।

त्यसपछि प्रिज्माले सागरसँग सार्वजनिक कार्यक्रममा माफी मागिन। ‘एक अन्तर्वार्तामा प्रिन्सी रोएकी थिइन् । दर्शकले म रोएको र रुनुको कारण सागर लम्सालसँगको प्रेम बुझनु भएको कारण सागर सरलाई गाली दिनुभएको छ’ प्रिज्माले भनेकी छिन्–‘दर्शकको बुझाइमा केही गलत रह्यो । त्यो समय ब्रेकअपका कारण अन्तर्वार्तामा प्रिन्सी रोएकी थिइन् । उ त अन्तवार्तामा भाबुक भएर रोएकी हो ।’

यती भन्दै उनले सागर र उनका शुभचिन्तकसँग माफि मागिन् । प्रिज्माले रोएको समय आफुहरुले कसैको नाम उल्लेख नगरेकोले सागरलाई गाली गर्नु गलत भएको पनि वताईन।

प्रिज्माले सागरसँग आफनो कुनै ब्यक्तिगत सम्बन्ध नै नरहेको पनि वताएकी छिन् । उनले यसरी दावी गरिरहँदा दुवैजना रिलेशनसिपमा रहेको र विवाहको तयारी भईसकेको समेतको हल्ला कसरी फैलियो भन्ने विषय सवैका लागि कौतुहलताको विषय छ।

खासमा प्रिज्मासँगको प्रेमको हल्ला सागरले स्वयम् फैलाएका हुन्। सामाजिक सञ्जालमा जव प्रेमको प्रसंग चरम उत्कर्षमा पुग्यो, अनि उनले नै विवाहको प्रसंग पनि सामाजिक सञ्जालमा चर्चामा ल्याएको पाईएको छ।

‘वाहिरवाट हेर्दा सागर जती भद्र र शालिन देखिन्छन्, उनको भित्री ब्यवहार विल्कुलै विपरित छ’ प्रिज्मा निकट श्रोत भन्छ–‘आफुलाई जानकारीसमेत नभएको विषयमा सागरले अनावश्यक प्रचार गराएको थाहा पाएपछि प्रिज्माले उनीसँगको ब्यवसायीक सम्वन्ध पनि तोड्ने निर्णय गरेकी छिन् ।’

सागरमा राम्री केटी देखेपछि जिस्केको जस्तो गरेर नजिक हुन खोज्ने, उच्छृंखल शब्दको प्रयोग गर्ने, गलत नियले इसारा गर्नेलगायतका कमजोरीहरु रहेको र सोही श्रृंखला प्रिज्मासँग पनि दोहोरिएको वताईन्छ।

कलाकारितामा लागेर एउटा उचाई प्राप्त गर्ने र त्यसवाट आएको पारिश्रमिकवाट समाज सेवा गर्ने उदेश्यले आएका उनिहरु अहिले सागरकै कारण तनावमा रहेको उनी निकट श्रोतले जनाएको छ। 

प्रिज्मा खतिवडा सागर लम्साल

विशेष