News राजनीति

पूर्वराजाले असक्षम घोषणा गरेका देउवा महाधिवेशन गर्न पनि असक्षम !

पूर्वराजाले असक्षम घोषणा गरेका देउवा महाधिवेशन गर्न पनि असक्षम !

०५९ सालमा पुर्वराजा ज्ञानेन्द्रद्वारा अक्षम घोषणा गरेर प्रधानमन्त्रीवाट हटाईएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै पार्टीको महाधिवेशन समेत सहज रुपमा सम्पन्न गर्न नसक्ने अवस्थामा पुगेका छन् । महाधिवेशन सम्पन्न गर्ने सवालमा पनि उनको असक्षमता देखिएको छ।

०५९ सालमा कांग्रेस पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरेका देउवा दोस्रो पटक मुलुकको प्रधानमन्त्री  वने। माओवादी विद्रोह चरम उत्कर्षमा पुगेका वेला उनले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरे तर निर्वाचन गराउन सकेनन्। त्यसले उनी प्रधानमन्त्रीबाट हटाईए। ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले पुनः तेस्रो पटक प्रधानमन्त्री बनाए। तर, निर्वाचन गर्न नसकेको भन्दै अक्षम घोषणा गरेर अपदस्त गरे।  

देउवालाई ज्ञानेन्द्रले किन असक्षम घोषणा गरे ? भनेर वुझ्न भने कांग्रेसजनलाई १७ वर्ष पर्खनु परेको छ। भृकुटिमण्डपमा जारी १४औं महाधिवेशनका क्रममा भने कांग्रेसीले देउवको असक्षमता प्रष्ट रुपमा वुझने मौका पाएका छन् ।

कांग्रेसको नयाँ नेतृत्वका लागि केन्द्रीय निर्वाचन समितिले आईतवार विहान ८ बजेदेखि मतदान गर्ने समय तोकेको थियो । महाधिवेशन प्रतिनिधिहरू बिहान ७ बजेनै प्रदर्शनी मार्ग पुगेर लाइन लागेका थिए । तर, समितिले मतपत्रको व्यवस्थापन गर्न सकेन । जसका कारण करिब साढे तीन घण्टापपछि मात्रै मतदान सुरु भयो।

त्यसमा पनि देउवाले चलाखी गरे । देउवाले आफ्नो मत बढी भएको प्रदेश ६ र ७ का महाधिवेशन प्रतिनिधीलाई विहान ७ वजे नै मतदात स्थलमा छिराए। उनीहरु पहिलो चरणमै मतदान गरेर निस्किए। तर, आफनो पकड नरहेको प्रदेशका मतदातालाई भने उनले वेवास्ता गरे। 

बिहानदेखि लाइनमा बसेका ति कांग्रेस प्रतिनिधिहरू अहिलेसम्म पनि मतदानको पालो पर्खेर वसेका छन् । 

बिहान जोस् जाँगर सहित मतदान स्थलमा पुगेका मतदाता लाइनमा उभिँदा उभिदै ढल्ने अवस्था पुगेका थिए। कतिपय मतदाता लाईनमा वस्नै नसकेर लाईन छोडेर हिडेका थिए । मतदाताले पटक पटक मतपत्र सकिनुलाई देउवाको षडयन्त्रका रुपमा वुझेका छन् । आफनो पकड क्षेत्रका मतदातालाई पहिला नै छिराएर अन्य मतदातालाई लाईनमै थकाउने अनि फिर्ता पठाउने देउवाको षडयन्त्र अन्तर्गत निर्वाचन समितिले पनि काम गरेको उनीहरुको आरोप छ। देउवाको योजना केहि हदसम्म सफल भएको र धेरै मतदाता भोट नहाली लाईनवाट निस्केर हिडेको लाईनमा वसेका मतदाताहरुले वताए ।

‘जाडो बढोस अनि मतदाता फर्केर जाउन भन्ने मनसाय दखियो। आफू हार्ने भएपछि देउवाले मतदाताको ब्लड प्रेसर बढाएर मत नै नहाली फर्काउने चाल चले’ एक मतदाताले भने–‘लामो समय लाईनमा वसेपछि खुट्टा दुख्छ, पिसाव लाग्छ, प्यास लाग्छ अनि मान्छे निस्कन्छ। त्यसपछि दोहो¥याएर त्यो मान्छे लाईन वस्न आउँदैन। यो सवै सुनियोजित षडयन्त्र हो।’

मतदानमा ढिलो हुँदा महाधिवेशन प्रतिनिधिसहित उम्मेदवार पनि हैरान भएका थिए । ‘विहानदेखि यतै छु, खुट्टाले उभिन नसक्ने अवस्था भएको छ। तैपनि भोट दिनै पर्ने अवस्था छ’– एक मतदाताले भने।
 

शेरबहादुर देउवा

विशेष