News

गच्छदारका मतदाता लागे शेखरतिर !

गच्छदारका मतदाता लागे शेखरतिर !

नेपाली कांग्रेसको जारी महाधिवेशनमा शेरवहादुर देउवाको प्यानलवाट उपसभापतिको उम्मेदवार वनेका विजयकुमार गच्छदारवाट आफनै प्यानलाई घात भएको पाईएको छ।

गच्छदार निकटका नेता÷कार्यकर्ताले धमाधम शेखर कोईरालाको टिममा मतदान गरिरहेका छन् । देउवाको टिममा ठाउँ नपाएर रुष्ट वनेका रामजनम चौधरी, जितेन्द्रनारायण देव, युवा नेता कप्लेश्वर यादवलगायतका नेता देउवासँग रुष्ट वनेका छन् ।

उनीहरुको योजना अनुसार गच्छेदारको टिममा रहेका महाधिवेशन प्रतिनिधिहरुले एक भोट गच्छदारलाई र वाँकी भोट शेखर कोईरालाको टिममा हालिरहेको स्रोतको दावी छ। देउवाको टिममा उनीहरुमात्र होईन, अझै ठुलो संख्या रुष्ट छ।

जसरी पनि सभापति जित्ने योजनामा लागेका देउवाले आफनै टिममा पनि धेरै नेता कार्यकर्ताको चित्त दुखाएका छन। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आफनो टिममा मिलाउन सके सभापति जित्ने वुझेका उनले त्यसका लागि अन्य नेता÷कार्यकर्तालाई पाखा लगाएका छन् ।

उनैले पार्टीको प्रवक्ता वनाएका विश्वप्रकाश शर्मा अन्तिम समयमा उनको टिममा अटाउन सकेनन्। अहिले उनी प्रकाशमान सिंहको प्यानलवाट महामन्त्रीको उम्मेदवार छ।

विशेष