चुनाव पेचिलो बन्दै गएपछि घोक्र्याईए पत्रकार, महाधिवेशनस्थलमै धर्ना
नेपाली काँग्रेसको महाधिवेशन स्थलबाट पत्रकारलाई निकाल्ने प्रयास गरिएको छ। मतदानका क्रममा भईरहेका अस्वभाविक गतिविधि वाहिरिने चिन्ता वढेपछि केन्द्रीय निर्वाचन समितिले पत्रकारलाई बाहिर निकाल्ने प्रयास गरेको हो।
मतदान स्थलमा पुगेका पत्रकारलाई समाचार संकलनमा रोक÷अवरोध गरिएपछि उनिहरु सडकमै क्यामेर राखेर भुइँमा पलेटी कसेर धर्ना बसेका थिए ।
सर्वोच्च अदालतले शिक्षक र कर्मचारीलाई चुनावी प्रकृयामा सहभागि नगराउन आदेश गरेकाले निर्वाचन समितिले पत्रकारलाई प्रवेश नदिन खोजेको हुन सक्ने अनुमान गरिएको छ। नेपाल आज डट कममा उक्त समाचार सार्वजनिक भएको थियो ।
यसैगरी आचार संहित विपरितका कृयाकलाप रोक्न नसकेको समितिले आफनो कमजोरी वाहिरीने डरले पनि पत्रकारलाई निशेध गर्न खोजेको नेता÷कार्यकर्ताहरु वताउँछन् ।
भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । निर्वाचनका लागि राष्ट्रिय सभागृहमा मतदानस्थल तोकिएको छ । बिहान साढे आठ बजेदेखि हुने भनिएको मतदान भर्खरै शुरु भएको छ ।
नेपाली काँग्रेस