News

हत्याका आरोपी छोडेको भन्दै अदालतमा प्रदर्शन र धर्ना

हत्याका आरोपी छोडेको भन्दै अदालतमा प्रदर्शन र धर्ना

हत्यारालाई छोडेको भन्दै कैलालीको धनगढी स्थित जिल्ला अदालत प्रांगणवाहिर प्रदर्शन गरिएको छ। कैलालीको लम्किचुहा नगरपालिका–३ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई धरौटीमा रिहा गरेको भन्दै आफन्त र परिवारजनले प्रदर्शन गरेका हुन् ।

उनिहरुले प्रर्दशनसहित जिल्ला अदालत अगाडि धर्ना दिएका छन् । प्रदर्शनका क्रममा मान्छे मार्न पाइदैन, न्यायालय बिक्न बन्द गर, फरार अभियुक्तलाई इन्काउन्टर दे लगायतका नारा लगाएका छन् ।

गत कात्तिक २३ गते टीकापुरमा धारिलो हतियार प्रहारबाट लम्कीचुहाका भूपेन्द्रको हत्या भएको थियो । हत्या आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो भने अन्य ९ जना अझै फरार छन् ।

उक्त मुद्दामा थुनछेक बहसपछि कैलाली जिल्ला अदालतले ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो भने तीन जना धरौटीमा छुटेका थिए ।
 

कैलाली

विशेष