News

विगतमा एमालेले गरेको संसद अवरोध संविधान सम्मत छैनः सभामुख सापकोटा

विगतमा एमालेले गरेको संसद अवरोध संविधान सम्मत छैनः सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले विगतमा नेकपा एमालेले गरेको संसद अवरोध संविधान सम्मत नभएको वताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले यस्तो वताएका हुन ।

एमालेले गरेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको उनले जिकिर गरे। आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि उनले दावी गरे। 

‘उहाँहरुले जे गरिराख्नुभएको छ त्यो संविधान, नियम, कानूनअनुसार छैन। नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन्’ उनले भने–‘जहाँसम्म मेरो सवाल छ, मैले तटस्थ, निष्पक्ष, स्वतन्त्र रुपमै गरेको छु र अझ मैले भन्नु पर्दा मैले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर नै सबै कुरा गरेको छु र सधै भरी त्यही गर्न म प्रतिवद्ध छु।’

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपालसहितका सांसदलाई पार्टीबाट निष्कासनको कारबाही गरे पनि सभामुखले मान्यता दिएका थिएनन् । त्यसैले अघिल्लो अधिवेशनमा एमालेले सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै संसद बैठक अवरुद्ध गरेको थियो ।

एनमाले सौराहामा सम्पन्न महाधिवेशनपछि अध्यक्ष ओलीले संसदको अवरोध जारी नै रहने वताएका छन् । तर, सभामुख सापकोटाले भने संसद सुचारु गराउने राजनीतिक सहमतिको प्रयास गरिने वताए ।
 

अग्निप्रसाद सापकोटा

विशेष