News

मतदाता फकाउने काईदाः डटपेन लिनोस, भोट दिनोस

मतदाता फकाउने काईदाः डटपेन लिनोस, भोट दिनोस

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मतदानको क्रम जारी छ। नेताहरु अहिले पनि मतदाताको मनमा वस्ने प्रयासमा छन् । कसैले आफना एजेण्डा सुनाउँदै ‘यसो गर्ने र उसो गर्ने’ भिनरहेका छन् भने कोही अपनत्व देखाएर मन पगाल्ने प्रयासमा छन् ।

यसैगरी, कसैले मतदातालाई ब्यक्तिगत प्रलोभन दिईरहेका छन भने कसैले ‘फलानाले जित्यो भने यस्तो खतरा हुन्छ’ भन्दै भ्रम छर्ने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आईतवार जसरी भोट मागे, त्यो पनि एउटा फण्डा हो। उनले आफुले सभापतिमा हारे प्रधानमन्त्रीमा वस्न नदिने र नैतिकताको कुरा उठाएर सरकार ढाल्ने भन्दै जसरी पनि आफुलाई जिताउन राई कराई गरे।

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्य जित्न यस्ता अनेक उपाय अवलम्वन गरिएको छ। तर, यो भन्दा फरक तरिका पनि मतदान स्थलमा देखिएको छ। 

केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले अन्य उम्मेदवार भन्दा विल्कुलै भिन्न तरिकाले भोट मागिरहेका छन् । का क्रममा मा वरपरको माहोल दर्शकको ध्यान खिच्ने खालको थियो। देशका विभिन्न ठाउँबाट आएका कार्यकर्ता आफ्नो पहिचान र वेशभूषासहित उम्मेदवारका लागि पोस्टर पम्प्लेट बोकेरै भाट मागिरहेका थिए।

उनले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री वनाएर हरेकका हातमा पुर्याउँदै उनले भोट मागिरहेका छन् ।

अन्य उम्मेदवारले भने यस्तो सामग्री वाँडेको पाईएको छैन।
 

नेपाली काँग्रेस १४औं महाधिवेशन

विशेष