News

राजनीति फेर्छु भन्ने विश्वप्रकाश आफै फेरिए, अन्तिममा देउवाकै गुँण प्यारो

राजनीति फेर्छु भन्ने विश्वप्रकाश आफै फेरिए, अन्तिममा देउवाकै गुँण प्यारो

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका नेता विश्वप्रकाश शर्माले आफनो उम्मेदवारी किन ? भन्ने विषयमा अवधारणापत्र नै सार्वजनिक गरेका थिए।

झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा चुनावी अवधारणापत्र सार्वजनिक गर्दै उनले हिजो राजनीतिक परिवर्तन भएको र अब राजनीतिमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

२४ बुँदे अवधारणापत्रको निचोड थियो– ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’। उनले भनेका थिए ‘हरेक देशको राजनीतिले त्यो देशको हरक्षेत्रलाई प्रभावित र नेतृत्व गरेको हुन्छ, अतः राजनीतिमा परिवर्तनको अर्थ हुन्छ हर क्षेत्रमा त्यसको व्यापक सकारात्मक प्रभाव। नेपालमा राजनीतिक परिवर्तन पटक पटक भएको छ, अब वेला भएको छ राजनीतिमा परिवर्तनका लागि खुला संवाद, बहस र अभ्यास गर्ने।’

तर, जव महाधिवेशनको अन्तिम समय आयो। कांग्रेसमा स्पष्ट चार गुट देखियो। शेरवहादुर देउवा, विमलेन्द्र निधि, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला। यद्यपी सिटौला समुहमा सभापतिको उम्मेदवार थिएन। पौडेल समुहमा उनी स्वयम, शेखर र प्रकाशमान अध्यक्षका उम्मेदवारका रुपमा अगाडि आए। उम्मेदवारी दर्ता गर्ने वेलासम्म अन्य दुई सहित सभापतिका ५ जना उम्मेदवार तयार भए। देउवा वाहेक अन्य सवैको एकै स्वर– नेतृत्व परिवर्तन अनिवार्य आवश्यक्ता। तर, पनि उनिहरु मिल्ने कुरामा भने कोही तयार हुन सकेनन्। 

अन्तिम समयसम्म पनि एउटा उम्मेदवार छान्न नसकेपछि पौडेल विरक्तिएर महाधिवेशनमा भाग नलिने भन्दै मैदान छोडे। जसका कारण उनको समुहवाट प्रकाशमान र शेखर दुवै जना अध्यक्षका उम्मेदवार भए।

अन्तिम समयमा कृष्णप्रसाद सिटौला देउवा क्याम्पमा घुस्रिए। त्यसको असर प्रत्यक्ष रुपमा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मालाई पर्यो। देउवा गुटमा रहेका उनी आफनै गुँणवाट लखेटिए। सभापतिका उम्मेदवार शेरवहादुर देउवाले आफु जित्ने नाममा कृष्णप्रसाद सिटौलासित गठजोड गरेर प्रदिप पौडेललाई महामन्त्रीको उम्मेदवार वनाएपछि शर्मा घरको न घाटको भए।

अन्तिम समयमा तिल्मिलाएका शर्मा सभापतिका अर्का उम्मेदवार शेखर कोईरालाको गुटमा पुगे। तर, त्यहाँ स्वयम् गगन थापा महामन्त्रीको उम्मेदवार भएकाले उनको याचता विक्ने कुरै भएन। फेरी उनी अर्का उम्मेदवार प्रकाशमान सिंह श्रेष्ठ समुहमा पुगे। सम्पुर्ण टिम पुर्याउन नसकेर एक्लै भएपनि चुनाव लड्ने मनसायमा पुगेका श्रेष्ठले शर्मालाई आफनो टिममा समेटे।

जव मतदानको समय आयो, सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पुर्याउन सकेनन्। पहिलो चरणमा कसैले जित्न नसकेपछि दोस्रो चरणको निर्वाचनको तयारी हुँदै गर्दा मैदानवाट आउट भएका प्रकाशमान, निधि लगायतका अन्य सवै सभापतिका उम्मेदवारले देउवालाई समर्थन गरे भने शेखर कोईरालाको गुट मात्रै देउवा विरुद्ध उभिएको छ।

कांग्रेसको यो ट्वीस्ट देखेर सर्वसाधारण मात्र होईन, कांग्रेस कार्यकर्ता नै आश्चर्यमा परेका छन् । सवैको आंकलन थियो–अन्य सवै उम्मेदवारले शेखर कोईरालालाई समर्थन गर्नेछन् र देउवा पराजित हुने पक्का छ। तर, एकछिन अघिसम्म नेतृत्व परिवर्तन भन्दै मतदातासँग हात जोडेका तिनै नेता फेरी कसरी देउवा समुहमा पुगे भन्ने अन्यौलता उत्पन्न भएको छ।

अरुको त कुरै छोडौं ‘नेतृत्व परिवर्तन गर्दै राजनीतिमै परिवर्तन’ गर्ने अवधारणा पत्र सार्वजनिक गरेका विश्वप्रकाश शर्मा समेत प्रकाशमानको पछाडि फेरी देउवाकै गुँणमा पुगेका छन् । ‘सर्वसम्मति सर्वोत्तम, दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु–नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनुभएको ठाउँमा म उभिनुपर्छ। पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो’, शर्माले भने, ‘सही निर्णय गर्नसक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु।’
 

विश्वप्रकाश शर्मा

विशेष