ठगी आरोपमा पक्राउ परेकी एन्जिनाको को कोसँग थियो उठवस ? (फोटो फिचर)

आफूलाई भारतिय टेलिभिजन जि न्यूजको पत्रकार/एंकर बताउने एन्जिना कार्कीलाई मंसिर २२ गते महानगरिय प्रहरी प्रभाव जनसेवा, न्यूरोडले बसन्तपुरबाट पक्राउ गर्यो। नगद एक लाखसहित पक्राउ गरिएकी कार्कीलाई प्रहरीले ठगी गरेको आरोप लगाएको छ।
कार्कीले उच्च पदस्थ अधिकारीहरु सँग खिचिएको फोटो फेसवुकमा राख्ने तथा तिनै ब्यक्तिहरुको नाम लिएर डर त्रास देखाउँदै रकम असुली गर्ने गरेको प्रहरीले आरोप लगाएको छ। पछिल्लो पटक उनले ज्ञानेन्द्र शर्मा नामका ब्यक्तिबाट १६ लाख रुपैयाँ असुल गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ गरिएकी कार्कीलाई महानगरिय प्रहरी प्रभाव जनसेवा, न्यूरोडको हिरासतमा राखेर प्रहरीले उनको वारेमा थप अनुसन्धान गरिरहेको छ। उनै कार्कीले फेसवुकमा राखेका केही तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ।
कांग्रेस नेतृ सुजाता कोईराला लगायतकाहरुसँग एन्जिना
गायक आनन्द कार्कीसँग एन्जिना
भारतिय पुर्वराजदुत मन्जिवसिंह पुरीसँग एन्जिना
नायिका रेखा थापासँग एन्जिना
गायक आनन्द कार्की र पूर्वराजा ज्ञानेन्द्र शाहसँग एन्जिना
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एन्जिना
यो पनि
समय चक्रका नाममा आङकाजीको ‘ब्ल्याकमेलिङ’ चक्र, सहकारी ठग्ने पत्रकार राखेर खुलेआम बदमासी !
नेपाल आजको नाम दुरुपयोग गर्ने एन्जिना पक्राउ, तथ्य बङ्याएर योहो टिभीले सुरु गर्यो बार्गेनिङ !
एन्जिना कार्की