News

‘नेतृत्व परिवर्तन’ भन्दै हिडेका प्रकाशमान अन्तिमा देउवाकै सरणमा

‘नेतृत्व परिवर्तन’ भन्दै हिडेका प्रकाशमान अन्तिमा देउवाकै सरणमा

नेपाली कांग्रेसको जारी महाधिवेशनमा नयाँ ट्वीस्ट आएको छ। नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् । पत्रकारहरूसँगको कुराकानीमा उनले ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं’ भने।

नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर प्रतिस्पर्धामा उत्रिएको र देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाको पक्षमा मत जाहेर गरेकाले आफुले पनि उनलाई नै सहयोग गर्ने निर्णय गरकेो उनले वताए । ‘विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ’– उनले भने।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए ।

३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् । 
 

प्रकाशमान सिंह

विशेष