News

चोलेन्द्रको राजिनामा माग्ने न्यायाधिश कति इमान्दार ? यस्तो छ राउतको वद्मासी

सुभाष ढकाल

चोलेन्द्रको राजिनामा माग्ने न्यायाधिश कति इमान्दार ? यस्तो छ राउतको वद्मासी

प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले मर्यादा विपरित काम गरेको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधिश र नेपाल वार एसोसिएसनले सुरु गरेको आन्दोनलको धङ्धङी अझै वाँकी नै छ। आन्दोलरत न्यायाधिशहरुले चालेन्द्रलाई आरोप लगाउँने तर, आफुले गरेका आचरण विपरितका काम भने ढाकछोप गर्दै आएका छन् ।

तिनै मध्येका एक न्यायाधिश हुन– प्रकाशमान सिंह राउत। न्यायाधीश आचारसंहिताअनुसार आफू विगतमा कानुनी सल्लाहकार रहेको वा आवद्ध रहेको तथा स्वार्थ जोडिएको संस्थासँग सम्बन्धित मुद्दा हेर्न पाइँदैन । यदि त्यस्तो मुद्दा आफ्नो बेञ्चमा पारिएमा न्यायाधीशले ‘हेर्न सक्दिनँ’ भनेर जानकारी गराउनुपर्ने प्रावधान रहेको छ। तर, राउतले भने आचारसंहिता विपरित आफ्नो स्वार्थ जोडिएको संस्थाको मुद्दामा ‘हेर्न नमिल्ने’ भनेर जान्दा जान्दै आदेश जारी गरेको तथ्य फेला परेको छ।

राउतले आफु कानुनी सल्लाहकार रहेको संस्थाको मुद्दा हेर्न नमिल्ने भन्ने जान्दा जान्दै नेपाल रेडक्रश सोसाईटीको मुद्दामा अन्तरिम आदेश दिएका छन् ।

राउतले नेपाल रेडक्रस सोसाइटीका निवर्तमान अध्यक्ष सञ्जीव थापाको पुनर्वहालीका लागि अन्तरिम आदेश दिएका थिए । जिल्ला प्रशासन कार्यालयले उनी नेतृत्वको कार्य समितिलाई अवैधानिक र करोडौं भ्रष्टाचारको आरोप लगाएर बर्खास्त गरेपछि उनी अदालत पुगेका थिए ।

उनको रिट राउतको बेञ्चमा पारिएको थियो । एकजना वकिलले त्यो मुद्दा हेर्न नमिल्ने जिकिरसहित लिखित निवेदन दिदासमेत राउतले सो मुद्दामा अन्तरिम आदेश दिएका थिए । अदालतले थापा नेतृत्वको कार्य समितिलाई अर्को निर्णय नआउँदासम्म यथावत काम गर्न दिनू भन्ने आदेश जारी गरेको।

राउतले रेडक्रशको कानुनी सल्लाहकार भएर ३ लाख ९४ हजार ९९९ रुपैयाँ पारिश्रमिक वुझेको भपाई समेत फेला परेको छ। उनले प्रतिक ल फोरमका नाममा विल काटेर रकम वुझेका छन् । राउतले हस्तलिखित भरपाईमा आफै हस्ताक्षर गरेका छन् । 

पुनर्वहाली भएका थापा र न्यायाधीश राउतको घर उदयपुरको कटारीमा एकै ठाउँमा रहेको र उनीहरु नातेदार पनि भएकाले हेर्न नमिल्ने मुद्दामा समेत साउतले त्यस्तो आदेश गरेको अदालत श्रोत वताउँछ। 

उनीमाथि यसअघि पत्नी ललिताले घरेलु हिंसा गरेको भन्दै उजुरी दिएकी थिइन् । तर, राउतको दबावमा उल्टै आफूलाई थुनाइएको उनले गुनासो गरेकी थिईन। 
 

न्यायाधिश राउतको इजलासवाट भएको आदेश

कानुनी सल्लाहकारका रुपमा पारिश्रमिक माग गरिएको प्रतिक ल फोरमको निवेदन

राउतले कानुनी सल्लाहकारका रुपमा पारिश्रमिक वुझेको भरपाई।

चोलेन्द्रशमशेर जबरा प्रकाशमान सिंह राउत

विशेष