News

मतदातालाई शेखरको अपिल– विवेकको प्रयोग गर्नुहोला

मतदातालाई शेखरको अपिल– विवेकको प्रयोग गर्नुहोला

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू निर्वाचित हुने बताएका छन् । पहिलो चरणको चुनावी परिणामपछि नागपोखरीस्थितमा पत्रकार सम्मेलनमा उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरे ।

परिणाम जे आएपनि आफूले चुनावी नतिजा स्वीकार गर्ने कोइरालाको भनाई छ। कांग्रेसको समग्र जीवनमा परिर्वतन र सुधार गर्ने आफू र आफ्नो टीमको प्रतिज्ञा भएको उनले बताए । उनले अघि भने, ‘साथीहरुले भरोसा गरेर जुन भोट दिनुभयो, त्यसका लागि कृतज्ञता व्यक्त गर्छु ।’

१४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाए भने कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।

दोस्रो चरणको मतदान साढे ३ बजे शुरु हुनेछ ।
 

शेखर कोइराला

विशेष