एनसेलमा कर्मचारीको आन्दोलन जारी, आधिकारीक स्रोत प्रयोग गर्न आग्रह (श्रृंखला– ८)

दुरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल’ अन्तर्गतको एनसेल कर्मचारी कर्मचारी ट्रेड युनियनले विगत लामो समयदेखी आन्दोलनमा छ।
प्रचलित ऐन कानूनमा रही यस ट्रेड युनियन र एनसेल ब्यवस्थापन विच सातौ सामुहिक सौदाबाजी चलिरहेको छ। कर्मचारीहरुले शान्तिपुर्ण धर्ना तथा सांकेतिक विरोध कार्यक्रम गर्दै आएका छन् ।
तर विगत ५/६ महिनादेखिको आन्दोलनमा ब्यवस्थापनले चासो ब्यक्त गरेको छैन। यद्यपी औपचारिक तथा अनौपचारीक वार्ता चलिरहेको यूनियनका अध्यक्ष सुकान्त अधिकारीले वताए ।
अधिकारीले आन्दोलनका क्रममा अनाधिकृत स्रोतवाट प्राप्त सूचना र जानकारीका आधारमा सामाचार प्रशारण भएको भन्दै आधिकारीक पदाधिकारी तथा संस्थाको सम्पर्क र यकिन पश्चात मात्र समाचार प्रसारण गर्न आग्रह गरेका छन् ।