गगन थापालाई कम्युनिष्टको किन यति धेरै डर ?
नेपाली कांग्रेसका नेता गगन थापाले कम्युनिष्टहरुसँग भर पर्न नहुने वताएका छन् । कम्युनिष्ट पार्टीहरु मिले भने आगामी निर्वाचन काग्रेसले जित्न नसक्ने उनको भनाई छ।
वुधवार महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले मात्रै कम्युनिष्टहरु नमिले मात्रै कांग्रेस पहिलो पार्टी बन्ने अवस्था रहेको बताए।
‘हामी निर्वाचन–निर्वाचन भन्छौं । अबको एक वर्षमा मंसिरभित्रमा चुनाव हुन्छ । त्यो निर्वाचनमा कांग्रेस कम्युनिष्ट पार्टीहरु मिलेनन् भने मात्रै चुनाव जित्छ’ उनले भने–‘मधेशका पार्टी मिलेनन् भने मात्रै चुनाव जित्छ । ’
कम्युनिष्ट पार्टीहरुसँग कांग्रेसले भर पर्न नहुने बताउँदै उनीहरुले जुनसुकै समयमा कांग्रेस विरुद्ध मोर्चाबन्दी गर्न सक्ने बताए ।