News

कांग्रेस उपसभापतिको मतगणना हुदै

कांग्रेस उपसभापतिको मतगणना हुदै

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बुधबार उपसभापतिको मतगणना हुदैछ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना सुरू हुनेछ। राती करिव १० वजेसम्म मत गणना सम्पन्न हुने जनाईएको छ।

यसैगरी, महामन्त्री र त्यसपछि सहमहामन्त्री र केन्द्रीय सदस्यको मत गणना हुने उनले जानकारी दिए। 

गत सोमबार उपसभापतिलगायत पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान भएको थियो। सबै मतपत्र पार्टी कार्यालय सानेपामा राखिएको छ। 

कांग्रेसको दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, दिव्येश्वरी शाह, सुजाता कोइराला, महेश आचार्य, धनराज गुरूङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।
 

विशेष