News

विवाह नगरी वच्चा जन्माउँछु भन्ने नायिका कसरी भईन ‘ओशो सन्यासी’ ?

विवाह नगरी वच्चा जन्माउँछु भन्ने नायिका कसरी भईन ‘ओशो सन्यासी’ ?

सामाजिक सञ्जालमा वेलावखत चर्चामा आईरहने नाम मध्येको एउटा नाम – नम्रता सापकोटा पनि हो। चर्चाका लागि हो वा अन्य कुनै कारणले हो उनको स्टन्ट चर्चा योग्य हुन्छ। मोडल तथा अभिनेत्री समेत भएका कारण उनको चर्चा हुनु स्वभाविक हो।

गत साउनको पहिलो साता सापकोटाको चर्चा एक्कासी वढ्यो। एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा आफू सिंगल मदर बन्न चाहेको बताएपछि उनको चर्चा चुलिएको थियो । उनले आफुलाई विवाह अघि नै आमा वन्न मन लागेको वताएकी थिईन।

‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु’ उनले भनेकी थिईन–‘दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’ उनले विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको वताएकी थिईन।

तिनै नम्रता अहिले फेरी चर्चामा छिन् । अहिले भने उनी ओशो सन्यासी बनेर चर्चामा छिन् ।

काठमाडौंको नागार्जुनस्थित ओशो तपोवन पुगेर नम्रता ओशामार्गी बनेकी छिन् । ओशोको गेरुवस्त्र पहिरिएर उनले ‘प्रेम लक्ष्य हो, जीवन यात्रा हो । ओशो ।’ भन्दै सामाजिक संजालमा एउटा तस्बिर सेयर गरेकी छिन् । उनले घाँटीमा ओशो अंकित माला पनि लगाएकी छिन् ।

ओशो तपोवनमा प्रत्येक महिना आयोजना हुने ध्यान शिविरमा सहभागि हुन उनी त्यहाँ पुगेकी हुन् । तपोवनमा हरेक महिनाको ७ देखि १४ तारिखसम्म ओशो ध्यान शिविर सञ्चालन हुने गरेको छ। एक साताको शिविर सकेर उनी मंगलबार घर फर्किएकी छिन् । 

विवाह नै नगरी वच्चा पाउने इच्छा ब्यक्त गर्ने सापकोटा एकै पटक कसरी आध्यात्मिक बाटोमा लागिन भन्ने विषयमा सर्वत्र चासो छ।
 

नम्रता सापकोटा

विशेष