News विदेश मुख्य समाचार

भारतले पाकिस्तानको आतंकवाद परास्त गर्नेछ

भारतले पाकिस्तानको आतंकवाद परास्त गर्नेछ

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानसङ्ग 1971 को युद्धमा भएको जितको खुशियाली मनाउन इण्डिया गेटमा 'स्वर्णिम विजय पर्व' को उद्घाटन गर्दै भने, 'यो पर्व भारतीय सेनाहरूको त्यस शानदार विजयको उपलक्ष्यमा हो, जसले दक्षिण एशियाको इतिहास र भूगोल दुवैलाई बदलेको थियो। भारतीय सेनाहरूले पाकिस्तानको मनसायमा पानी फऱ्यो तर अब उसले आतङ्कवादलाई प्रोत्साहन दिएर भारतलाई तोड्न चाहन्छ। यसैले उसको आतङ्कवादलाई जरैदेखि समाप्त गर्ने दिशामा भारतले काम गरिरहेछ। आज हामी सबै इण्डिया गेटमा 'स्वर्णिम विजय पर्व' अन्तर्गत आयोजित 'विजय पर्व' मनाउनको निम्ति जमा भएका छौं। पाकिस्तानमा भारत विरोधको भावना कति दृढ़ छ, यसको अनुमान यहीबाट लगाउन सकिन्छ कि भारतमा जुन आक्रांताहरू गोरी, गजनवी, अब्दालीले हमला गरे, उनीहरूको नाममा उसले आफ्नो मिसाइलहरूको नाम राख्छ जबकि भारतको मिसाइलहरूको नाम हुन्छ- आकाश, पृथ्वी अग्नि। अब त हाम्रो एउटा मिसाइलको नाम सन्त पनि राखिएको छ, जसको हिजो मात्र सफल परीक्षण भएको छ। उसलाई सोध्नुपर्छ, यी आक्रांताहरूले त आजको पाकिस्तानी भूभागमा पनि हमला गरेका थिए'।

उनले भने, 'यस युद्धले हामीलाई यो पनि बताउँछ कि धर्मको आधारमा भएको भारतको विभाजन एक एतिहासिक गलती थियो। पाकिस्तानको जन्म एक धर्मको नाममा भयो तर पाकिस्तान एक रहन सकेन। 1971 को पराजयपछि हाम्रो छिमेकी देशले भारतमा लगातार एक छद्म युद्ध लड़िरहेको छ। 20औं शताब्दीमा भएको दुई विश्वयुद्ध भएको धेरै वर्ष बित्यो। दुवै विश्वयुद्धपछि यदी 20औं शताब्दीको सबैभन्दा निर्णायक युद्धहरूको गणना गरियो भने 1971 को युद्ध विश्वको सबैभन्दा निर्णायक युद्धहरूमा गनिनेछ। यो विजय पर्व कुनै खास अपरेशनको मात्र होइन तर रानी लक्ष्मीबाईदेखि लिएर मेजर सोमनाथ शर्मा, वीर अब्दुल हमीद, क्याप्टन विक्रम बत्रा र आज हाम्रा सेनाहरूका सबै अंगहरूको महोत्सव हो। हामी प्रत्यक्ष युद्धमा जित दर्ता गरिसकेका छौं, परोक्ष युद्धमा पनि विजय हाम्रै हुनेछ'।

रक्षामन्त्रीले भने, 'भारतले बांल्गादेशमा लोकतन्त्रको स्थापनामा आफ्नो योगदान दियो। गत 50 सालमा बांग्लादेश विकासपथमा तीव्र गतिमा अघि बढ़िरहेछ, जुन बाकी विश्वको निम्ति एक प्रेरणाको विषय हो'। उनले भारतीय सेनाको हरेक सैनिकको शौर्य, पराक्रम र बलिदानलाई नमन गरे, जसको बलमा 1971 को युद्धमा भारतले विजय हासिल गऱ्यो। यो देश ती सबै वीरहरूको त्याग र बलिदानको सदैव ऋणी रहनेछ। यो आयोजन अझ् पनि भव्य गरिने निर्णय भएको थियो तर देशका प्रथम सीडीएस जनरल बिपिन रावतको असामयिक निधनपछि यसलाई साधारण रूपमा मनाउने तय गरिएको छ।

विशेष