१५४४ रिक्त मावि तहको शिक्षकका लागि खुला विज्ञापन
शिक्षक सेवा आयोगले माध्यमिक तहमा रिक्त शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ। आयोगले रिक्त १ हजार ५ सय ४४ पदका लागि विज्ञापन खुला गरेको हो।
आगामी चैत १५ गते परीक्षा सञ्चालन गर्नेगरी आयोगले रिक्त स्थानमा पदपूर्तिका लागि दरखास्त गरेको हो।
आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिन आयोगले जनाएको छ।
परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।
विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस।