News

प्रदेश २ को नाम प्रस्ताव हुँदै

प्रदेश २ को नाम प्रस्ताव हुँदै

प्रदेश २ सरकारले प्रदेशसभाको वुधवार वस्ने आठौं अधिवेशनको पहिलो बैठकमा प्रदेशको नाम पनि प्रस्ताव गर्दैछ।

प्रदेश २ को नामाकरण र राजधानीको विषय हालसम्म टुंगो लाग्न सकेको छैन । प्रदेशसभामा नाम र राजधानीको प्रस्तावमा बहुमत प्राप्त नहुँदा प्रस्ताव असफल भएको थियो । प्रदेशसभाको छैठौं अधिवेशनमा दोश्रोपटक नाम र राजधानीको प्रस्ताव ल्याइएको थियो ।

दोश्रोपटकको प्रस्तावमा राजधानीबारे छलफल भए पनि प्रदेशको नाममाथिको प्रस्तावमा छलफल हुन सकेको छैन । प्रदेश सरकारसँग बहुमत नहुँदा पहिलोपटकको नाम र राजधानीको प्रस्ताव असफल भएको थियो ।

तर यसपटक जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा(एस), माओवादी केन्द्र सहभागी भएपछि सरकारलाई दुईतिहाइ भन्दा बढी समर्थन छ । प्रमुख प्रतिपक्षी दल बनेको लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेश र जनकपुरधाम राजधानीको पक्षमा छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा(एस)ले भने मधेश प्रदेश नामप्रति विरोध जनाउँदै आएका छन् ।

प्रदेशसभामा जसपाका ३९, नेपाली कांग्रेसका १९, लोसपाका १६, नेकपा एकीकृत समाजवादीका १३, माओवादीका ८, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाई बहुमत आवश्यक पर्छ ।
 

प्रदेश २

विशेष