News

‘कुन चै सेयर कारोवारीले चन्दा दिएन प्रचण्डले सेयर वजार साम्राज्यवादको रुप भनिदिए’

‘कुन चै सेयर कारोवारीले चन्दा दिएन प्रचण्डले सेयर वजार साम्राज्यवादको रुप भनिदिए’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केनद्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले सेयर कारोवारसम्वन्धी दिएको अभिब्यक्तिको आलोचना गरेका छन् ।

सेयर कारोवारीले चन्दा नदिएको झोंकमा ‘प्रचण्ड’ले सेयर बजारसम्बन्धी गलत अभिब्यक्ति दिएको उनको भनाई छ। बुधबार सपथ लिएका एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड लेनिनभन्दा बढी जान्ने भएर प्रतिक्रिया दिएको बताए। 

‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्योभन्दा बढ्ता जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने,‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला। अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए।’

यसअघि शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका थिए। 

प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषममा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाएका थिए। 

पहिले पहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर, अहिले लगानी पुँजी वा दोस्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको उनको भनाई थियो ।

उनले यस प्रकारमा विकृतिको  विश्लेषण गरेर यससँग लड्ने तरिका खोज्ने अभिभारा माओवादीमा आएको बताए। यसको अनुसन्धान नगरेसम्म देशमा, मुलुकको अर्थतन्त्रमा उज्यालो पनि नआउने बताएका थिए। 

केपी शर्मा ओली

विशेष