News

ओलीको प्रश्नः पूर्वराजा र प्रचण्डका बीचको सहमति कस्का विरुद्ध थियो ?

ओलीको प्रश्नः पूर्वराजा र प्रचण्डका बीचको सहमति कस्का विरुद्ध थियो ?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा भएको सहमति कस्का विरुद्ध भएको थियो भन्दै प्रश्न गरेका छन् ।

बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रश्न गरेका हुन ।

पूर्वराजा र प्रचण्डको विचमा सहमति भएरै माघ १९ को घटना भएको दाबी गरेका ओलीले भने–‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो। के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुप¥यो नि ।’

माघ १९ मा ज्ञानेन्द्रले सत्ता हातमा लिएर दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए । त्यही सहमतिपछि पूर्वराजा ज्ञानेन्द्र अभिनन्दन कार्यक्रमहरुमा हिडेको पनि ओलीले दावी गरे । 

‘त्यही सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो’ उनको प्रश्न छ–‘हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुल्ला जान सक्ने कसरी भयो ?’

ओलीले सेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले सेयरबजारबारे टिप्पणी गरेको आरोप समेत लगाएका छन्।

केपी शर्मा ओली

विशेष