News

पार्टीका भ्रष्ट नेतालाई जेल हाल्ने वातावरण वनाउन गगन र विश्वप्रकाशलाई ज्ञानेन्द्र शाहीको सुझाव

पार्टीका भ्रष्ट नेतालाई जेल हाल्ने वातावरण वनाउन गगन र विश्वप्रकाशलाई ज्ञानेन्द्र शाहीको सुझाव

नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनीहरू दुवैजना संस्थापनइतरबाट विजयी भएका हुन ।

थापा र शर्मा दुवै जना छुट्टाछुट्टै प्यानलबाट उठेका थिए । गगन शेखर कोइराला र विश्वप्रकाश प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री लडेका थिए ।

निर्वाचन समितिका अनुसार ४६८२ मत गणना हुँदा गगनकुमार थापा ३०२३ मत प्राप्त गरे भने विश्वप्रकाश शर्माले १९८४ मत ल्याए। ४३ मत बदर भएको छ ।

सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरू प्रकाशशरण महतले १५५६ र प्रदीप पौडेलले १३९३ मत प्राप्त गरे । शेखरकै टिमका मीनेन्द्र रिजालले ८०९ मत ल्याए । अर्का उम्मेदवार राजाराम कार्कीले १०६ मत पाएका छन् ।

महामन्त्रीमा निर्वाचित दुवैलाई भ्रष्टाचार विरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीले वधाई दिएका छन् । फेसवुकमा दुवै जनाको तस्विर राखेर उनले कांग्रेस भित्रकै भ्रष्टचारी नेतालाई जेल हाल्ने वातावरण वनाउन सुझाव दिएका छन् ।

उनले लेखेका छन्–‘महामन्त्रीलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा ज्युलाई  हार्दिक बधाई तथा कार्यकालको शुभकामना साथै राष्ट्रघातती एमसीसी रोक्नुहोस, मुलुकलाई बचाउनुहोस यही देशमा रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुहोस, भ्रष्टाचारी तपाईकै पार्टीका नेताहरूलाई जेल हाल्ने बाताबरण सिर्जना गर्नुहोस् ...।’


 

ज्ञानेन्द्र शाही

विशेष