News

यौनकाण्डमा जिवन गुमाएका यानप्रसादसँग जोडियो प्रचण्डको नाम

यौनकाण्डमा जिवन गुमाएका यानप्रसादसँग जोडियो प्रचण्डको नाम

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ बीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको वताएपछि उक्त विषयले निकै चर्चा पाएको छ।

यो विषय अहिले जनयुद्धकालमा यौनकाण्डमा मुछिएर माओवादी जनमुक्ति सेनाको शिविरमै मृत्यु भएका यानप्रसाद गौतम (आलोक) सम्म पुगेको छ। ज्ञानेन्द्र र दाहाल विचको सहमतिको विषयलाई यानप्रसादसम्म जोड्ने काम पुर्वमन्त्री एवम् एमाले नेता गोकुल वास्कोटाले गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा माओवादी केन्द्रका अध्यक्ष दाहालप्रति टिप्पणी गर्दै उनी मारिएको विषयमा पनि एक दिन प्रचण्डले माफि माग्ने जिकिर गरेका छन् । 

उनले ओलीलाई माफी माग्न लगाउने प्रचण्डले शेयर लगानीकर्तासँग आफैंले माफी मागेको र एक दिन उनले यानप्रसाद गौतम मारिएको विषयमा पनि यसै गर्नेछन् भन्दै टिप्पणी गरेका छन् । उनी लेख्छन्–‘ओलीलाई माफी माग्न चुनौती दिदैं खसोखासमा आफैं माफी मागेछन शेयर लगानीकर्तासंग प्रचण्डले। र,एकदिन यानप्रसाद गौतम गुपचुप मारिएकोमा पनि यसै गर्ने छन उनले। किनभने यानप्रसादलाई रोल्पाको उवामा तत्कालीन शाही सेनाले हैन, लाल सेनाले मारेको थियो।’

यसअघि गत वुधवार ओलीले तत्कालीन राजा ज्ञानेन्द्रले प्रचण्डको सहमतिमै देशभर अभिनन्दन कार्यक्रम चलाएको बताएका थिए । ओलीले उक्त सहमतिबारे दाहाल र पूर्वराजा ज्ञानेन्द्रले बोल्नुपर्ने बताएका थिए । ‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भयो । के सहमति भएको थियो, कि ज्ञानेन्द्रले भन्नुप¥यो कि प्रचण्डले भन्नुप¥यो । कसका विरुद्ध सहमति भएको थियो ?’– उनले प्रश्न गरेका थिए ।

ओलीको यो अभिब्यक्तिलाई लिएर प्रचण्डले बिहीबार प्रेस वक्तव्य नै जारी गरे। ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन्’ उनको विज्ञप्तिमा भनिएको छ–‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।’

दाहालले ओलीलाई उक्त ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न पनि चुनौती दिएका छन् । साथै प्रमाणित गर्न नसके जनतासँग माफी माग्न पनि दाहालको चुनौती छ । दाहालले अगाडि भनेका छन्, ‘म के. पी. ओलीलाई ’पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

यसैगरी, सेयरकारोबारीले चन्दा नदिएपछि बजार ध्वस्त पारिदिएको भन्ने ओलीको आरोपलाई पनि दाहालले नकारेका छन् । उनले भनेका छन्, ‘मार्क्स्वाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’

लगानीकर्ताको हितका पक्षमा आफू रहेको उल्लेख गर्दै दाहालले भनेका छन्।

को हुन यानप्रसाद
जनयुद्धकालमा माओवादीभित्र चर्चित यौनकाण्डको रुपमा यादप्रसाद गौतम (आलोक) प्रवृत्ति भनेर चिनिन्छ । जुन यानप्रसाद गौतम आलोक काण्डका रुपमा चर्चित छ । तत्कालिन माओवादीको पूर्वाञ्चल प्रमुख रहेका आलोकको नाम काभ्रे– रामेछाप सेक्रेटरी रहेकी रुकु चौलागांईसँग जोडिएको थियो।

यसले पार्टीभित्र ठूलो रुप लियो । अन्ततः आलोकलाई श्रमशिविरमा राखेर अनुशासन कारवाही गरिएको थियो । उनलाई पार्टीबाट समेत निष्कासन गरिएको थियो । निष्कासनपछि श्रम शिविरमा राखिएको उनको शिविरमै मृत्यु भएको थियो । माओवादीले उनी दोहोरो भिडन्तमा मारिएको बताउदै आएको छ ।

पार्टी कारबाहीमा परेर सबै जिम्मेवारीबाट मुक्त भई तत्कालीन जनमुक्ति सेनाको हिरासतमा रहेका भनिएका यानप्रसाद गौतमलाई लिस्ने–गाम भीडन्तताका २०५९ वैशाख २२ गते तत्कालीन शाही सेनाले मारेको भन्दै प्रचार गरियो। तर, उनी न पार्टीबाटै मारिए, न सरकारी सुरक्षा फौजले मार्यो– आधिकारिक र प्रष्ट जानकारी कहींकतैबाट सार्वजनिक भएको छैन ।

युद्धसरदारीय कार्यशैली, सैद्धान्तिक–राजनीतिक एवम् सांस्कृतिक विचलन, आर्थिक अपचलन र ढाँटछलपूर्ण व्यवहार गरेको भन्दै तत्कालीन नेकपा (माओवादी) ले सो पार्टीका त्यतिबेलाका पोलिटब्युरो सदस्य एवम् पूर्वी कमान्ड इन्चार्ज यानप्रसाद गौतम (आलोक) लाई पार्टी सदस्य समेत खोसेर जनमुक्ति सेनाको नियन्त्रणमा राखेर ‘कारबाही’ गरेको थियो ।

पार्टी केन्द्रीय समितिको बैठकबाटै गौतमका उल्लेखित ‘व्यवहार’ लाई ‘आलोक प्रवृत्ति’ को नाम दिएर प्रस्ताव नै पारित गरिएको थियो ।


 

केपी शर्मा ओली पुस्पकमल दाहाल ‘प्रचण्ड’ यादप्रसाद गौतम (आलोक)

विशेष