News राजनीति

महामन्त्रीमा हार्ने संकेत देखेपछि मिनेन्द्रले दिए रक्षामन्त्रीवाट राजिनामा

महामन्त्रीमा हार्ने संकेत देखेपछि मिनेन्द्रले दिए रक्षामन्त्रीवाट राजिनामा

नेपाली कांग्रेसको महामन्त्रीमा उम्मदेवारी दिएका नेता मिनेन्द्र रिजालले मतगणनामा आफु हार्ने लक्षण देखेपपछि रक्षामन्त्रीबाट राजीनामा दिएका छन्। 

मतगणनाको अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन्। 

केही बेरअघि उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका छन्। कांग्रेस मुख्यालय सानेपामा जारी महामन्त्रीको मतगणनामा रिजाल धेरै पछि परेका छन्। उनी डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीका प्रतिस्पर्धी थिए। 

महामन्त्री पदमा २१२० मत गणना भइसक्दा रिजाल पाँचौँ नम्बरमा छन्। उनले ३६५ मत मात्रै ल्याउन सफल भएका छन। 

महामन्त्रीमा अहिलेसम्म गगनकुमार थापा १३८५, विश्व प्रकाश शर्मा ८५१, प्रकाश शरण महत ६९८, प्रदीप पौडेल ६२१, मिनेन्द्र रिजाल ३६५ र राजाराम कार्की ५९ मत ल्याएका छन्।
 

मिनेन्द्र रिजाल

विशेष