धुवाँ उडेपछि वुद्ध एयरको जहाज भरतपुरमा आकस्मिक अवतरण

यान्त्रीक गडवडी देखिएपछि बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट काठमाण्डौंका लागि उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो ।
वुद्धको युफोर ३६० नाइनएनएइई जहाज भरतपुरवाट उडेको १० मिनेटमै अवतरण गराइएको हो । उडेको ३ मिनेटमै सीटमुनिबाट धुँवा फैलिन थालेपछि विमानस्थलमै जहाज अवतरण गराइएको हो ।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् ।
जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जहाजमा धुँवा आउनुको कारण पहिचान भैसनसकेको छैन।