News राजनीति

एमालेको मागः सभामुखले राजिनामा दिनुपर्छ

एमालेको मागः सभामुखले राजिनामा दिनुपर्छ

आफनो पार्टी फुट्नुमा सभामुखलाई दोष दिदै आएको नेकपा एमाले सभामुखको राजिनामा मागेको छ। एमाले महासचिव शंकर पोखरेलले सभामुखले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरेका छन् ।

संसद् बैठकमा जारी अवरोध हटाउन सत्ता पक्षले नै भूमिका खेल्नुपर्ने उनको धारणा छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले नेकपा एमालेले पदमुक्त गरेका सांसदलाई सभामुखले संरक्षण गरेको वताए । सभामुखले चासो नदिएकै कारण नेकपा समाजावदी गठन भएको भन्दै उनले यस घटनामा सभामुखले गल्ती सच्याउनुपर्ने पोखरेलले बताएका हुन् ।

गल्ती सच्याउन तयार नभए उनले राजीनामा दिनुपर्ने पोखरेलको माग थियो । 

पोखरेलले पुसदेखि एमाले देशव्यापी रुपमा संगठन विस्तारमा केन्द्रित हुने बताए । एमालेमा पुस्तान्तरणबारे उठेको प्रश्नमा उनले एमालेभित्र ८औं महाधिवेशनदेखि नै पुस्तान्तरण सुरु भएको जिकिर गरे ।

बरु अन्य पार्टीले एमालेको निर्णय पछ्याएको उनको दाबी थियो । १०औं महाधिवेशनमा पनि ४५ प्रतिशत नयाँ सदस्य थपिएकाले एमालेमा पुस्तान्तरण पहिले नै सुरु भएको बताए ।

नेकपा एमाले शंकर पोखरेल

विशेष