News

दुर्गा प्रसाईले पाए एमालेमा पहिलो जिम्मेवारी 

दुर्गा प्रसाईले पाए एमालेमा पहिलो जिम्मेवारी 

मेडिकल ब्यवसायी दुर्गा प्रसाई माओवादीवाट एमालेमा प्रवेश गरेपछि पहिलो जिम्मेवारी पाएका छन् । एमालेले उनलाई उद्योग वाणिज्य तथा आपूर्ति विभागको उपप्रमुख वनाएको छ।

उक्त विभागको प्रमुख भने पूर्वउद्योग राज्यमन्त्री तथा व्यवसायी मोतीलाल दुगड वनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनिहरुको जिम्मेवारी निर्धारण गरेको हो।

दुगडले ३ सयभन्दा बढी उद्योगी÷व्यवसायीलाई एमालेमा प्रवेश गराएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी आर्थिक सल्लाहकारसमेत थिए ।

दुर्गा प्रसाई एमालेको सौराहामा सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्यको दावेदार थिए । तर, सर्वसम्मतीका लागि भन्दै अध्यक्ष केपी शर्मा ओलीले तयार गरेको केन्द्रीय सदस्यको लिष्टमा उनको नाम परेन।

त्यसपछि वसेको एमालेको केन्द्रीय कमिटि वैठकमा ओलीले प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रयास गरेका थिए । तर, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायतले चर्को विरोध गरेपछि ओली पछि हटेका थिए ।
 

दुर्गा प्रसाई

विशेष