News

पीछडिएको क्षेत्रवाट सहमहामन्त्रीमा बद्री पाण्डेसँग हारे कर्णालीका मुख्यमन्त्री

पीछडिएको क्षेत्रवाट सहमहामन्त्रीमा बद्री पाण्डेसँग हारे कर्णालीका मुख्यमन्त्री

नेपाली काँग्रेसको पिछडिएका क्षेत्रकोको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् । 

सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गर्दै उनी सहमहामन्त्रीमा विजयी भएका हुन । उनले २४११ मत ल्याए भने कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले २१३३ मत पाए। शाही पाण्डेसँग २७८ मतले पराजित भएका हुन । 

नेपाली काँग्रेसका युवा नेता पाण्डे २०४३ सालमा बाल्मिकी विद्यालयको नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाई सदस्य स्ववियु सभापतिसम्म भए । २०५० सालमा नेविसंघ बाजुराको अध्यक्ष भएका पाण्डे ०५६ सालमा गोविन्द भट्टराई सभापति भएका बेला केन्द्रीय सदस्य बने । विश्वप्रकाश शर्माका पालामा नेविसंघ सहमहामन्त्री भए ।

गुरुराज घिमिरे र केशव सिंहका पालामा उपाध्यक्ष बनेका उनी महेन्द्र शर्मा नेतृत्वको कार्य समितिमा महामन्त्री भए । प्रदीप पौडेलसँग नेविसंघ सभापतिमा पराजित भएपछि पाण्डे पार्टी राजनीतिमा लागे ।

काँग्रेसको १२ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । ०७० मा भएको दोस्रो संविधानसभामा उनी समानुपातिक सांसद भए । १३ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्यमा विजयी भए ।

०७४ को आम चुनावपछि पाण्डे राष्ट्रियसभा सदस्य बने । उनले राजनीति शास्त्रमा विद्यावारिधि (पीएचडी) सक्ने तयारी गरेका छन् ।
 

विशेष