News

काठमाण्डौं प्रहरी परिसरवाट लखेटिए एसएसपी अशोक सिंह

काठमाण्डौं प्रहरी परिसरवाट लखेटिए एसएसपी अशोक सिंह

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख फेरिएका छन् । परिसरमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरी आएका छन् भने त्यहाँका एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरूवा भएको छ। 

गृह मन्त्रालयले दुई महिनाअघि नै सिंहको काज सरूवा गरेको थियो। तर एक वर्ष अवधि नपुग्दै हटाउन खोजेको भन्दै उनी शक्ति केन्द्र धाउन थालेका थिए । ५ मंसिर २०७७ मा काठमाण्डौमा सरुवा भएका सिंहको प्रधानमन्त्री शेरबहादुर देउवाले नै थमौती गरेका थिए ।

त्यसपछि पनि उनको सरुवाको लिष्ट तयार भयो। तर, लिष्ट सार्वजनिक हुँदा उनको नाम परेन। उनले पैसा र पावर लगाएर पटक पटक सरुवा वदर गराउँदै आएपनि यस पटक भने असफल भएका छन् । गिरी शुक्रवार नै कार्यालयमा हाजिर भएको महानगरिय प्रहरी परिसरले जनाएको छ। गिरी हाजिर भएसँगै सिंहको सवै प्रयास असफल भएको प्रहरी अधिकारीहरु वताउँछन्।

एसएसपी गिरी पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन् । निर्मला पन्त वलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गरेका गिरीले एसपी हुँदा पर्साको कमाण्ड गरेका थिए । 

एसएसपी सिंह माथि भने पाकिस्तानी दुतावासको दानापानी खाएको, काठमाण्डौं भ्यूटावरका मुख्य ठेकेदार मनोज भेट्वालसँग अनुचित फाईदा लिएको र वढुवाको लाईन मिलाउन प्रहरी संगठनको आचारण विपरित काम गरेको आरोप लाग्दै आएको छ। उनले प्रोफाईल वनाउने नाममा सर्वसाधारणलाई जथाभावी पक्राउ गर्ने र राजनीतिक दवावमा र आर्थिक प्रलोभनमा अपराधिको संरक्षण गर्ने गरेको प्रहरी संगठनमै चर्चा हुने गरेको छ। 

उनले आफनो वढुवाको लाईन मिलाउन क्यान्सर पीडित महिला कर्मचारीलाई समेत ज्यानमारा सरह हिरासतमा राखी दुःख दिएका थिए ।

ज्येष्ठ नागरिकलाई दुःख दिएको विषयमा विरलै पर्ने उजुरीलाई भ¥याङ वनाएर चर्चामा आउने मोहमा उनले २४ चैत ०७७ मा नेपाल राष्ट्र वैंककी निर्देशक सुष्मा रिजाललाई पक्राउ गरे । कानुनको गलत ब्याख्या गरेर सुस्मालाई हिरासतमा राखेका उनले राजनीति र संगठनात्मक पहुँचका आधारमा सुस्मालाई दुःख दिए। किमो दिन समेत अवरोध गरी उनले चरम अमानविय ब्यवहार देखाएका थिए। छोरावुहारीको उक्साहट र दवावमा उनकै ८४ वर्षकी आमा शोभा रिजालले दिएको जाहेरीका आधारमा सुष्मा पक्राउ परेकी थिईन ।

काठमाडौँ भ्यूटावरमा काम गर्ने भारतीय पेटी ठेकेदारलाई ज्यान मार्ने धम्की दिएको, उनको सामान कब्जा गरेको र काम गरे वापतको भुक्तानी नदिएको बिषयमा रिपोर्टिङ्ग गर्न गएको ‘नेपाल आज’को टीमलाई दुर्ब्यवहार गरे। भेटवालले पत्रकारलाई दुब्र्यवहार गरेको र सञ्चार सामग्री तोडफोड गरेको िविषयमा दिएको निवेदन समेत सिंहले वेपत्ता वनाएर संचार विरोधी काम गरे ।

यतिमात्रै होईन, धम्क्याउँदा र थर्काउँदा दुई÷चार पैसा झर्ने ठाउँमा उनले आफनो पदको दुरुपयोग गर्न कुनै कसर वाँकी राखेनन् । सुन पसल व्यवसायी पवन विकलाई प्रहरीले यौनकर्मीसँग डिल गरेको आरोप लगाउँदै पक्राउ गरेको घट्ना होस वा भक्तपुरको सूर्यविनायक बस्ने राजकुमार श्रेष्ठलाई लकडाउन उलंघन गरेको विषयमा पक्राउ गरेको विषय किन नहोस हरेक घट्नामा एसएसपी सिंह आलेचित भए ।

यो पनि
पावर र पैसाले पनि जोगिएन एसएसपी सा’वको जुँगा, सरुवा रोक्न असफल

शक्तिकेन्द्रको चलखेल र नेताहरुको चाकरीले पाकिस्तानी एजेन्ट एसएसपी सिंहको सरुवा रोकियो

धमाकेदार एसएसपीकोे सरुवा, जस्ले क्यान्सर पीडित महिलालाई पनि छोडेनन

धमाकेदार एसएसपीको पाकिस्तान प्रेम (भिडियोसहित)

‘डन ठेकेदार’ भेटवालसँग प्रहरीको अस्वभाविक सेटिङ्ग

आफनो वढुवाको लाईन मिलाउन क्यान्सर पिडित सुष्मालाई एसएसपीको सास्ती

अशोक सिंह सुदीप गिरी

विशेष