News

विश्वप्रकाशले द्वन्द्वपीडित भनेका ब्यक्ति घरायसी दुर्घटनाका घाईते (विज्ञप्तिसहित)

विश्वप्रकाशले द्वन्द्वपीडित भनेका ब्यक्ति घरायसी दुर्घटनाका घाईते (विज्ञप्तिसहित)

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा विवादमा परेका छन् । आफु महामन्त्री विजयी भएपछि नेपालको राजनीतिक परिवर्तनमा भुमिका खेलेका तर राज्यबाट ओझेलमा परेका घाइते भन्दै सम्मान गरेका ब्यक्तिले राज्यलाई ढाँटेर अनुचित लाभ लिईरहेको तथ्य वाहिरिएपछि शर्मा विवादमा तानिएका हुन ।

शर्माले नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएको दोस्रो दिन शुक्रवार लोकन्थली पुगेर पार्टी तथा राजनीतिक परिवर्तनमा भुमिका खेलेका दुई घाइतेहरुलाई भेटेर सम्मान व्यक्त गरेका थिए। उनले काभ्रे पुगेर ०६२/०६३ को जनआन्दोलनमा गम्भीर घाइते भएका जनआन्दोलनको जिउँदो सहिदको रुपमा चिनिने मुकेश कायस्थलाई सम्मान गरेका थिए भने लोकन्थली पुगेर काभ्रे जिल्ला कात्तिके देउराली घर भएका दिपेन्द्र गिरीलाई सम्मान गरेका थिए ।

तत्कालिन समयमा शंकरदेव क्याम्पसको विद्यार्थी नेता रहेका गिरी ०५८ सालमा माओवादीको आक्रमणमा परि मेरुदण्डको समस्या झेलिरहेको भन्दै शर्माले सम्मान गरेपछि माओवादी केन्द्र काभ्रेपलाञ्चोकले विज्ञप्ति नै जारी गरेर त्यसको खण्डन गरेको छ।

अध्यक्ष रकु चौलागाई (रचना) ले शनिवार जारी गरेको विज्ञप्तिमा दिपेन्द्र गिरीको माओवादीमा कुनै संलग्नता नरहेको र उनी आफनै पारिवारिक दुर्घटनामा परेको तर दर्श वर्षे जनयुद्धको नाम गरी द्वन्द्वपीडितको नाममा राज्यद्वारा अनुचुति लाभ लिएको जनाईएको छ। 

विज्ञप्तिमा भनिएको छ– ‘नेपाली कांग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्मले सामजिक संजाल फेसबुकमार्फत सार्वजनिक गर्नु भएको धन्यवाद तथा वधाई कार्यक्रममा प्रस्तुत काभ्रेपलाञ्चौक जिल्ला, चौरीदेउराली गाउँपालिका वडा नं. ६, साविक कात्तिके देउराली निवासी दिपेन्द्र गिरीको वारेमा दश वर्षे महान जनयुद्धको सवालमा ‘जनयुद्धको क्रममा माओवादी आक्रमणमा मेरुदण्ड भाँची जीवन संघर्ष गरिरहेको युवा’ भनि गरिएको कुप्रचारप्रती हाम्रो पार्टी नेकपा माओवादी केन्द्र काभ्रपलाञ्चोकको गम्भिर ध्यानाकर्षण भएको छ।’

अगाडि भनिएको छ–‘ सो सम्वन्धमा हाम्रो पार्टीको कुनै पनि संलग्नता नरहेको र नीज ब्यक्ति आफ्नै पारिवारीक दुर्घटनामा परेको तर दश वर्षे जनयुद्धको नाम गरी द्वन्द्वपीडितको नाममा राज्यद्वारा अनुचित लाभ लिईरहेको कुरा जगजाहेर छ। तसर्थ, एउटा जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेतावाट सस्तो लोकप्रियताको लागि गरिएको यस प्रकारको भ्रामक, कपोलकल्पित र अितिरन्जित कुप्रचारको घोर भत्र्सना गर्दै त्यस घटनामा हाम्रो संलग्नता पुष्टी गर्न चुनौती समेत दिन चाहान्छौं।’

विशेष