News

ओलीका सल्लाहकार भिम रावलः केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी

ओलीका सल्लाहकार भिम रावलः केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी

१०औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा हारेका नेकपा (एमाले) का निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको छ । अध्यक्षमा पराजित भएपछि जिम्मेवारी विहिन भएका थिए।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्दसत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा रावल तयार नभएपछि निर्वाचन भएको थियो । 

उनले केन्द्रीय सदस्यको पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थालाई इन्कार गर्दा जिम्मेवारी विहिन अवस्था आएको थियो । 

एमालेका महासचिव शङ्कर पोखरेलले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने बताए । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ । अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आएका छन् ।
 

विशेष