News

रावलको टिप्पणी– सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ

रावलको टिप्पणी– सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ

आफूलाई सोध्दै नसोधी पार्टीको केन्द्रीय सल्लाहकार परिषदको सदस्य बनाएकामा एमालेका नेता भीम रावलले आपत्ति जनाएका छन्। 

एमालेले केन्द्रीय सल्लाहकार परिषदको सदस्य बनाएको विषय सार्वजनिक भएपछि उनले त्यसमा असहमती जनाएका हुन ।

‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ’। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ’– उनले लेखेका छन्।

हालै सम्पन्न एमालेको दसौं महाधिवेशनमा अध्यक्ष पदमा पराजित रावल केन्द्रीय सदस्यमा विजयी भए पनि त्यो अस्वीकार गरेका थिए। र, अध्यक्षमा हारे आफू अन्य कुनै पदमा नबस्ने घोषणा गरेका थिए।  

यो पनि

ओलीका सल्लाहकार भिम रावलः केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी

विशेष