News

एमसीसी अनुमोदन गराउन यसरी वन्दैछ एमाले–कांग्रेसको गठवन्धन

एमसीसी अनुमोदन गराउन यसरी वन्दैछ एमाले–कांग्रेसको गठवन्धन

सरकारले अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा प्रस्तुत गर्ने तयारी गर्दै गर्दा नेकपा एमाले र नेपाली कांग्रेसको गठवन्धन वन्ने सम्भावना वढेको छ। एमसीसी संसदवाट अनुमोदन गर्न गठवन्धनका अन्य दलले सहयोग नगरे कांक्रेसले एमालेसँग गठवन्धन गर्ने गरी तयारी थालेको छ।

सरकारले मंसिर २८ गते बोलाइएको प्रतिनिधि सभा बैठकमा नै एमसीसी सम्झौता प्रस्तुत गर्ने तयारी गरेको थियो । तर, कांग्रेसको १४ औं महाधिवेशनका कारण उक्त कार्यतालिका रोकिएको थियो । तर, पुस ६ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अर्को बैठकमा यो विषय प्रवेश गर्ने कांग्रेसका नेताहरु वताउँछन्।

उक्त बैठकअघि सबै दलका नेता तथा सांसदरुसँग विभिन्न चरणमा छलफल गर्ने र एमसीसी संसद्मा प्रस्तुत गर्ने बताइएको छ। एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरवहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि एमसीसीका विषयमा छलफल गरिसकेका छन् । तर, माओवादीसँगलगायतका दलहरुसँगको गठवन्धन कायमै राखेर एमसीसी अनुमोदनका लागि एमालेले सहयोग गर्न नसक्ने ओलीले संकेत गरेका छन् ।

‘तपाईंहरु गठबन्धनको भारी बोकेर नहिँड्नुस्, एमसीसी पास गरौं र चुनावमा जाऔँ’ भन्दै ओलीले जवाफ दिएपछि देउवा फर्किएका थिए । देउवालाई सत्ता गठबन्धन भत्काएर आउने हो भने एमालेले साथ दिने ओलीले बचन दिएको ती नेताले बताए।

यसअघि प्रधानमन्त्री रहेका ओलीले पनि एमसीसी सम्झौता नेपालको हितमा रहेको भन्दै पास गर्नुपर्ने बताएका थिए। उनले मंसिर २५ गते भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि एमसीसी अनुमोदन गर्न सहयोग गर्ने संकेत गरेका थिए। 

अन्य दलहरु पनि गठबन्धन टुट्न नदिनका लागि एमसीसीको पक्षमा उभिनुपर्ने बाध्यतामा छन्। तर, एमसीसीको पक्षमा उभिन नसकेको अवस्थामा एमाले र कांग्रेसको गठबन्धन बन्ने एमालेका नेताहरु वताउँछन् । गठवन्धन भत्काउने विषयले सवैभन्दा वढि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल तनावमा रहेको वताईन्छ।

२०७४ भदौ २९ मा नेपालले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो। उक्त सम्झौता २०७६ असार ३१ मा संसद् सचिवालयमा दर्ता भएको छ। आंशिक कार्यान्वयनमा गइसकेको एमसीसीमा ६ अर्बभन्दा धेरै रकम खर्च भइसकेको एमसीए नेपालले जनाएको छ। 
 

एमसीसी

विशेष