News

सर्वदलिय वैठकमा  एमसीसीको प्रवेश, माधव नेपाल वाहिरिए

सर्वदलिय वैठकमा  एमसीसीको प्रवेश, माधव नेपाल वाहिरिए

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरवहादुर देउवाले वोलाएको सर्वदलिय वैठकवाट वाहिरिएका छन् । बैठक सुरु भएको केही बेरमै अध्यक्ष नेपाल बाहिरिएका हुन् ।

चार बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएपछि नेता नेपाल निर्धारित अर्को कार्यक्रममा सहभागी हुन भन्दै बैठकस्थलबाट बाहिरिएका हुन् । अध्यक्ष नेपाल बाहिरिए पनि अर्का नेता झलनाथ खनाल बैठकमा छन् । 

बैठकमा संसदको गतिरोध खुलाउने र एमसीसी अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव लैजाने बुझिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अघि बढ्न नसक्ने बताएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको सहभागिता छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा र राप्रपाका नेताहरुको सहभागिता रहेको छ । सर्वदलीय बैठकअघि केहीबेर सत्ता गठबन्धनको बैठक बालुवाटारमै बसेको थियो ।

विशेष