ओलीको वहाना वनाएर एमसीसी अनुमोदन गराउँने तयारीमा माधव–प्रचण्ड !
एमसीसी सम्झौता संसदबाट पारित गर्ने विषयमा छलफल गर्न वोलाईएको सर्वदलिय वैठकमासत्ता गठबन्धका दलहरुबीच मै विवाद तनाव भएको छ।
प्रधानमन्त्री शेरवहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आईतवार वोलाएको वैठक सोही विवादका कारण निष्कर्षविहीन भएको छ ।
वैठक प्रमुख विपक्षी नेकपा एमालेले बहिस्कार गरेको थिए । बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एसका महासचिव बेदुराम भुसालले यो विषयमा अहिले केही कदम चाल्न उपयुक्त नहुने भन्दै प्रस्ताव अश्वीकार गर्ने बताएका थिए ।
सरकारका प्रवक्ता कार्की र कांग्रेस नेताहरु रामचन्द्र पौडेल तथा रामशरण महतले एमसीसी पास गर्ने भनेपनि सत्ता गठबन्धनै माओवादी र नेकपा एसका नेताहरुले संशोधनबिना पास गर्न नहुने बताएको एक नेताले वताए ।
सत्तारुढ जसपाका अध्यक्ष उपेन्द्र यादव भने यो विषयमा मौन बसेका थिए । बाबुराम भट्टराईले एमसीसी पास गर्नुपर्ने धारणा राखे।
एमसीसीको विषय सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका लागि निकै पेचिलो बन्न पुगेको छ। यी दुई दल संशोधन गरेरमात्र एमसीसी पारित गर्ने पक्षमा रहे पनि अमेरिका संशोधनका लागि तयार नभइदिँदा यो विषय उनीहरुका लागि पेचिलो बन्न पुगेको हो। यी दुई दलमा रहेका नेताहरुको विरोधका कारण नेकपा कालमा पनि संसदबाट एमसीसी अनुमोदनको प्रक्रिया अघि बढ्न सकेको थिएन।
नेकपाभित्रको बहुमत एमसीसी अनुमोदनको विपक्षमा भएपनि प्रधानमन्त्री ओली एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा थिए। तत्कालीन प्रधानमन्त्री ओलीजस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि अनुमोदनकै पक्षमा उभिएको थियो।
दुवै पार्टी अहिले पनि एमसीसी अनुमोदन गर्ने पक्षमा नै छन्। तर, सत्ता गठबन्धनलाई अप्ठेरोमा पार्न ओलीले यस सम्बन्धी प्रस्ताव सदनमा टेबुल भएपछि मात्र एमालेले आवश्यक निर्णय गर्ने बताउँदै आएका छन्।
२५ मंसिरमा मा भएको एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले एमसीसी सम्झौता ‘महाकाली सन्धिजस्तै फाइदाजनक’ भएको व्याख्या गरेका थिए। तर, अनुमोदनअघि ओलीले सत्तागठबन्धन तोड्न प्रश्ताव गरेका छन् ।
एमसीसी पारित गरेरै छाड्ने प्रधानमन्त्री देउवाको प्रयास र यसलाई सत्ता गठबन्धन तोड्ने अस्त्र बनाउने ओलीको दाउपेचका कारण सत्तारुढ गठबन्धनमा सामेल माओवादी केन्द्र र एकीकृत समाजवादी अप्ठेरोमा परेका छन्।
एमालेको प्रस्ताव मान्दा देउवालाई पनि फाईदा छ। एमालेका ९८ र नेपाली कांग्रेसका ६३ सांसदले पक्षमा मतदान गर्नासाथ २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा एमसीसी अनुमोदन गर्न सहज हन्छ भने सरकारका लागि पनि माओवादी केन्द्र र नेकपा एसको आवश्यक्ता पर्दैन।
यो अवस्थामा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीका अगाडि एमसीसीबारे निर्णयका लागि तीन विकल्प छन। एक– एमसीसी अनुमोदनको विपक्षमा मत हाल्ने र सरकारबाट बाहिरिने। दुई– गठबन्धन वचाउने र ओलीलाई गठवन्धनमा सहभागि हुन नदिनका लागि वाध्यात्मक अवस्था भन्दै एमसीसी अनुमोदन गर्ने । तीन– एमसीसीसम्बन्धी प्रस्ताव पेस गर्न सदनमा अवरोध नगर्ने तर पक्ष वा विपक्ष कतै पनि मतदान गर्न ह्विप जारी नगर्ने।
यी दुई पार्टीले कुन विकल्प प्रयोग गर्छन त्यो भने प्रतिनिधि सभा वैठक वसेपछि प्रष्ट हुने जानकारहरु वताउँछन्।